आइतवार, चैत्र २९, २०७७
सुनौलो  अनलाइन
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सुनौलो  अनलाइन
No Result
View All Result

आजदेखि लागू हुँदै नयाँ मुलुकी ऐन

सुनौलो अनलाइन by सुनौलो अनलाइन
भदौ १, २०७५
0
42
SHARES
233
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि लागु हुने भएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता तयार पारिएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर उनले मुलुकी ऐन तर्जुमा गरेका थिए । उक्त ऐन लागू भएको १६५ वर्षपछि यो ऐनलाई प्रतिस्थापन गरिएको छ । यद्यपि यो ऐनलाई २०२० सालमा संशोधन गरिएको थियो ।
ऐनले साविक मुलुकी ऐन र केही विशेष ऐनका अधिकांश प्रावधानलाई संहिताबद्ध गरेको छ । यसबाहेक अलग्गै फौजदारी कसुर ‘सजाय निर्धारण तथा कार्यान्वयन’ ऐन, २०७४ पनि अस्तित्वमा आएको छ । यो नेपालको फौजदारी कानुनी इतिहासमा नवीन प्रयोगको रुपमा लिइएको छ ।

मुलुकी अपराध संहिताअन्र्तगत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन रहेका छन् । मुलुकी देवानी र फौजदारी कानून निर्माण गर्दा ६० प्रतिशत मुलुकी ऐन, २० प्रतिशत अदालतले प्रतिपादन गरेका नजीर र २० प्रतिशत अन्तर्राष्ट्रिय कानूनलाई आधार मानेर बनाइएको छ ।
मुलुकी अपराध संहितामा विभिन्न ६ अपराधमा आजीवन कैद तोकिएको छ । वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेमा, क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा, पेय पदार्थमा विष हाली मारेमा, अपहरण वा शरीर बन्धक गरी ज्यान मारेमा, कुनै पनि जातजाति वा सम्प्रदायको अस्तित्व नै लोप हुने जाति हत्या गर्ने उद्देश्यले कसूर गरेमा र जबर्जस्ती करणी गरेमा त्यस्ता अपराधीले आजीवन कैद भुक्तान गर्नुपर्नेछ ।

नेपालको प्रतिनिधित्व गरी खेल खेल्ने नेपाली खेलाडीले खेलमा मिलेमतो गरी कुनै खेल खेलेमा समेत राष्ट्रहित प्रतिकूलको कसूर मानिने उल्लेख छ । यस्तो कसूर गरेमा दोषीलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । यसैगरी जन्मकैदलाई २५ वर्ष बनाइएको छ । यसअघि २० वर्ष जन्मकैदको रुपमा सजाय राखिएको थियो ।
अपराध संहितामा नेपालविरुद्ध जासूसी गर्नेलाई २५ वर्षसम्म कैद हुने व्यवस्था गरिएकोछ । राष्ट्रपति वा संसदलाई धम्की दिएमा सात वर्षसम्म कैद वा ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने छ ।
खाद्य पदार्थमा मिसावट गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको छ ।
घर निर्माण गर्दा, भत्काउँदा वा मर्मत गर्दा लापरबाही गर्नेलाई एकवर्ष कैद वा १० हजार जरिवाना वा दुवै सजाय हुनेछ ।
त्यस्तै, राष्ट्रिय गान, झण्डा वा निशाना छापको अपमान वा क्षति गर्नेलाई तीन वर्षसम्म कैद वा तीस हजार जरिवाना वा दुवै सजाय हुनेछ । राष्ट्रिय विभूतिको अपमान गर्नेलाई ६ महिनासम्म कैद वा पाँच हजार जरिवाना वा दुवै सजाय हुनेछ ।

Related Posts

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना
मुख्य समाचार

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक
मुख्य समाचार

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग
मुख्य समाचार

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न  ( फोटोफिचर सहित)
मुख्य समाचार

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न ( फोटोफिचर सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा अक्षय कोषको स्थापना

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न  ( फोटोफिचर सहित)

भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न ( फोटोफिचर सहित)

१ बर्ष नपुग्दै बल्न छाडे तामाकोसी गाउँपालिकाका सोलार बत्ती

१ बर्ष नपुग्दै बल्न छाडे तामाकोसी गाउँपालिकाका सोलार बत्ती

च्यामाको सहकारीमा १३ लाख चोरि, १ महिना पुग्यो अझै पत्ता लागेन चोर

च्यामाको सहकारीमा १३ लाख चोरि, १ महिना पुग्यो अझै पत्ता लागेन चोर

हाम्रो फेसबुक पृष्ठ


सम्पर्क


सुनौलोअनलाइन डट कम बुढीदेबी मिडिया प्रा.लि. द्वारा संचालित गर्ने नेपाली भाषाको समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
सूचना विभाग दर्ता नंः २५२२०३/०७७/०७८ भीमेश्वर नगरपालिका, ३ दोलखा info@sunauloonline.com +977-9851226906
सम्पादक
सुजन काफ्ले
बिज्ञापन/संचालक...............


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
9851226906, 9851226906

© 2020 Sunauloonline | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2020 Sunauloonline | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist