मङ्लबार, माघ ६, २०७७
सुनौलो  अनलाइन
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सुनौलो  अनलाइन
No Result
View All Result

नयाँ नेपाल सम्वत् भव्य रुपमा मनाईयो

३ जना अभिनन्दित

सुनौलो अनलाइन by सुनौलो अनलाइन
कार्तिक २२, २०७५
0
61
SHARES
233
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । नेपाल सम्वत् ११३९ को अवसरमा देशभरका नेवार समुदाय रहेको वस्तीहरुमा विविध कार्यक्रमसहित भव्यताका साथ मनाईएको छ । सो अवसरमा धनकुटामा ३ जनाको अभिनन्दन गर्दै मनाएको छ ।
धनकुटामा प्रत्येक वर्ष ५ वटा टोलहरु आलोपालो प्रणालीअनुसार मनाईन्छ । यस पटकको कार्यक्रमको आयोजना माथिल्लो कोप्चे टोलवस्ती संगठनको आयोजनामा मनाईएको छ ।
नेवाः पुचः को कार्यालय श्रीवानीमा भेला भएर कार्यक्रम शुरुवात गरिएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख चिन्तन तामाङले रिवन काटेर गरेका थिए । यस्तै प्रमुख अतिथि नगर प्रमुख तामाङले नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वाको शालिकमा माल्यार्पण गरेका थिए ।
सो अवसरमा नगर प्रमुख तामाङले नेपाल विभिन्न जातजातिको कला संस्कृतिले भरिपूर्ण रहेको बताए । उनले संयुक्त राष्ट्र संघमा सदस्यता प्राप्त गर्न नेपाल भाषाको रञ्जना लिपीलाई राष्ट्रिय लिपीमा दस्तावेज गरी सदस्यता लिएको जानकारी दिदै नेवार समुदाय देशको सम्पन्न र कला संस्कृतिमा धनि रहेको बताए ।
श्रीवानीमा थकाली (ज्येष्ठ नागरिक) बाट टिका लगाई सगुन प्रसाद ग्रहण पछि नेवारी भेषभुषा, झाँकी र वाजागाजासहित ¥याली शुरु भएको थियो । ¥याली हुलाकटोल, वीचबजार, सिरानबजार, माथिल्लोकोप्चे, तल्लाकोप्चे हुदै विहीवारे हटियामा पुगि औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
नेवाः देः दवुका जिल्ला अध्यक्ष श्रीकृष्ण प्रधानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माथिल्लोकोप्चेका थकाली ज्येष्ठ नागरिकद्वय केदारभगत श्रेष्ठ र मथुरा अमात्यलाइ अभिनन्दन गरिएको थियो । यस्तै सो अवसरमा माथिल्लो कोप्चे स्थायी घर भई हाल नेपाल प्रहरीको गरिमामयी डिआईजी पदमा पुग्न सफल भएको भन्दै दिनेश अमात्यलाई अभिनन्दन गरिएको थियो ।
सो अवसरमा अभिनन्दित अमात्यले संस्थालाई आभार प्रकट गर्दै आफु धनकुटाको विकासमा जहिले पनि क्रियाशील रहने बताए । उनले आफु पदबाट रिटायर भएपछि धनकुटामै बसोवास गर्ने र विकासमा तपाईहरुसँग काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
सो अवसरमा संस्थाका केन्द्रिय उपाध्यक्ष तथा समापन कार्यक्रमका प्रमुख अतिथि नवीनकिशोर शाक्य, आदिवासी जनजाति महासंघका अध्यक्ष सञ्जय सन्तोषी राई, धनकुटा अस्पतालका डा. रेणु भुजुले मन्तव्य राखेका थिए ।
कार्यक्रमको समापन पछि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । उत्सवका लागि बजारका घरहरुको पेटीमा सयपत्री फूल सहितको घडाले सजाएका थिए ।
यो सम्वत् व्यापारी तथा समाजसेवी शंखधर साख्वाले त्यस समयका सरकार, साहु÷माहजनबाट लिईएको आमजनताको ऋणमुक्त गराएको सम्झनामा शुरु भएको मानिन्छ ।
अघिल्लो दिन मुचुङ्गा होटलमा स्थानीय थकालीबाट टिका लगाई मोटरसाईकल ¥याली गरिएको थियो । मोटरसाईकल ¥याली कर्मिटार, तल्लोकोप्चे, हुलाकटोल, श्रीवानी, नाशलचोक हुदै कागतेसम्म पुगेको थियो । यस्तै देव्रेवास, दानावारी, माथिल्लोकोप्चे हुदै विहीवारे हटीयामा समापन गरिएको थियो ।

Related Posts

मुख्य समाचार

त्रिपुरा स्काउट ट्रुपको चौथों दिक्षान्त समारोह सम्पन्न

मुख्य समाचार

सदरमुकाम चरिकोटमा घाइते भेटिएका युवकको मृत्यु – सुनौलो अन्लाईन

स्थानीय

स्थानीय तहमा स्वास्थ्य प्रयोगशाला

स्थानीय

देउसीभैलोबाट साढे तीन लाख संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन

प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काङ्ग्रेसको तामाकोसी गाउँपालिकामा प्रदर्शन

जिल्ला सहकारी संघ दोलखा द्वारा  घर जग्गा काेषकाे स्थापना

जिल्ला सहकारी संघ दोलखा द्वारा घर जग्गा काेषकाे स्थापना

एकिकृत फ्रेण्डसिप साकोस जिरिको एक दिने वित्तीय शिक्षा तथा परामर्श कार्यक्रम सम्पन्न

एकिकृत फ्रेण्डसिप साकोस जिरिको एक दिने वित्तीय शिक्षा तथा परामर्श कार्यक्रम सम्पन्न

जिल्ला सहकारी संघ दोलखाको १५औ  बार्षिक साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघ दोलखाको १५औ  बार्षिक साधारण सभा सम्पन्न

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको २७ औं  बार्षिक साधारणसभा  सम्पन्न

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको २७ औं बार्षिक साधारणसभा सम्पन्न

इश्वरभुमि सहकारी पाइलेको पाचौं साधारणसभा सम्पन्न

इश्वरभुमि सहकारी पाइलेको पाचौं साधारणसभा सम्पन्न

हाम्रो फेसबुक पृष्ठ


सम्पर्क


सुनौलोअनलाइन डट कम बुढीदेबी मिडिया प्रा.लि. द्वारा संचालित गर्ने नेपाली भाषाको समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
सूचना विभाग दर्ता नंः २५२२०३/०७७/०७८ भीमेश्वर नगरपालिका, ३ दोलखा info@sunauloonline.com +977-9851226906
सम्पादक
सुजन काफ्ले
बिज्ञापन/संचालक...............


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
9851226906, 9851226906

© 2020 Sunauloonline | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • सहकारी
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2020 Sunauloonline | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist