दोलखा। जिल्लाको भीमेश्वर नगरपालिका ४ जिलूका
अन्दाजी २२ वर्षका पवन बस्नेतको मृत्यु भएको छ । उपचारका लागि अस्पताल पुर्याइएका बस्नेतको मृत्यु भएको चरिकोटका अस्पतालले जनाएको छ।
भीमेश्वर नगरपालिका ३ चरिघ्याङ स्थित गडीडाँडा नजिकै घाइते अवस्थामा फेला परेका थिए।
सदरमुकामस्थित पानोरामा रिसोर्टका कर्मचारी चन्द्रकला तामाङ फुलमा पानी हाल्न जाने क्रममा पवनलाई चर्पी नजिकै छटपटाइरहेको अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् ।
खबर लगतै दुई जनाको प्रहरी टोली घट्ना स्थलमा पुगी घाइते बस्नेतलाई उद्धार गरी उपचारका पठाइएको प्रहरी सहायक निरीक्षक महेश आचार्यले बताए।
प्रहरी सहायक निरीक्षक आचार्यका अनुसार बस्नेतको दायाँ हातको नाडीमा धारिलो हतियारले काटिएको जस्तो ठुलो चोट लागेको छ । उक्त स्थानबाट पवनलाई नग्न अवस्थामा फेला परेको आचार्यले बताए।