सुजन काफ्ले। दोलखा। त्रिपुरा ग्लोरियस एकेडेमि चरिकोटले आफ्ना स्काउटमा संलग्न बिद्यार्थीहरुको चौथो दिक्षान्त समारोह सम्पन्न गरेको छ । त्रिपुरा स्काउट ट्रुपको चौंथो दिक्षान्त समारोहमा भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले बिद्यार्थीहरुलाई मेम्बरसिप ब्याज र स्काप लगाईदिएर बिद्यार्थीहरुलाई दिक्षित गरेका थिए ।

कार्यक्रमका जिल्ला स्काउट आयुक्त धु्रब बहादुर खड्का, भिमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेत, नेपाली सेना तारादल गणका मेजर, वडा अध्यक्षहरु हरिशरण शिबाकोटी,नबिन लामा,हिराकुमार थोकर,पत्रकारहरु बाबुराम शर्मा गोकर्णप्रसाद भण्डारी ,नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाका अध्यक्ष गोकर्णप्रसाद पोखरेल लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रम त्रिपुरा ग्लोरियस एकेडेमी चरिकोटका संस्थापक फाउन्डर बेदबहादुर केसीको अध्यक्षतामा समपन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर भरत बहादुर केसीले बिद्यालयमा स्काउट जस्ता सामाजिक संस्था मार्फत बिद्यार्थीहरुलाई नयाँ नयाँ सृजनाको अभ्यास गराई अनुशासित समाज निमार्ण गर्न सहयोग गरेको बताउँदै त्रिपुरा ग्लोरियस एकेडेमीको तारिफ गरेका थिए । त्यसैगरि त्रिपुरा ग्लोरियस एकेडेमीका प्रिन्सीपल तक्दिर सुबेदीले त्रिपुरा ग्लोरियस एकेडेमीमा अध्ययनरत बिद्यार्थीहरुलाई सर्बाङगिन क्षेत्रको बिकासका लागि र सामाजिक उत्तरदाहित्वबोध गर्न पनि स्काउटले सहयोग गर्ने बताए ।
