सुजन काफ्ले ।
दोलखा । जिल्लाको तामाकोशी गाउपालिका १ भिरकोटमा नब निर्मित पोखरीको प्रदेश सांसद विशाल खड्काले उद्घाटन गरेका छन।
प्रदेश सरकार र ब्यवसायीहरुको सहयोगमा निर्माण गरिएको पोखरीको आइतबार आयोजित तिज विशेष कार्यक्रमको अबसर पारेर सांसद खड्काले उद्घाटन गरेका हुन।

वडा कार्यालय , चारधाम मन्दिर ब्यवस्थापन समिति र नारायणी माध्यमिक बिद्यालयद्वारा आयोजित नवनिर्मित पोखरिको उद्घाटन एबम तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सासद खड्काले मन्दिर निर्माणमा विशेष योगदान गरे बापत ब्यवसायी सुरेश उप्रेतीलाई धन्यवाद दिदै आगामी दिनमा भिरकोटको बिकासमा अझ बजेट खर्च गर्ने बताए ।
त्यस्तै तामाकोसी गाउपालिका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले देश भित्र र देश बाहिर रहेका सम्पुर्ण नेपालि नारीहरुलाइ तिजको शुभकामना दिदै , गाउपालिकाले मन्दिर र बिधालय वरपर हरियाली बनाउने उदेश्यले बिरुवा रोपिएकाले स्थानीय हरुले नै बिरुवाको हेरचाह गर्नुपर्ने बताए।

कार्यक्रम प्रदेश सासद विशाल खड्का, गाउपालिका अध्यक्ष इश्वर चन्द्र पोखरेल , ब्यैतेश्वर गाउपालिका अध्यक्ष छवि लामा , वडा अध्यक्ष महेश्वर काफ्ले, ब्यवसायीहरु., शिक्षकहरु , विद्यार्थीहरु लगायत स्थानीयहरु उपस्तिथिमा सम्पन्न भएको थियो।

ब्यवसायी हरुको सहयोग बापत प्राप्त रकम ११ लाख ६७ हजार ६ सय र प्रदेश सरकारको १० लाख गरेर २१ लाख ६७ हजार ६ सय लागतमा पोखरी निर्माण गरिएको थियो।
गत आर्थिक बर्षमा गाउपालिका बाट छुट्याइएको ४ लाख रुपैया रुपैयाँ स्थानीय सरकार र उपभोक्ता समितीको तालमेल नमिल्दा फिर्ता भएको थियो।