सुजन काफ्ले । दोलखा । जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं ९ सुन्द्रावति खोलाले जिप बगाउदा एक जनाको मृत्यू भएको छ । गए राति परेको अविरल वर्षासगै आएको खोलाले बगाउँदा तामाकोसी गाउँपालिका वडा नं ३ जफेका २४ वर्षिय अनिष पोखरेलको मृत्यू भएको हो।

सिंगटीबाट चरिकोट आउने क्रममा बा.१९ च ४३९० नं.को जिप खोलाले बगाउदा पोखरेलको मृत्यू भएको र उनिसंगै रहेका तामाकोसी गाउपालिका ३ जफेकै विकज पोखरेल र रामेछाप लिखु तामाकोसी गाउँपालिका वडा नं २ का पवन पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक सेते तमाङले जानकारी दिए।