सुजन काफ्ले। भर्खरै सम्पन्न नेपाल राष्ट्रिय फेस्टिबल को नवप्रतिभा अवार्ड पुरुषोत्तम सत्यालले पाएका छन ।
सत्यालले “परदेसिले भुल्यो” बोलको लोकदोहोरी गित बाट उत्कृष्ट लय सङ्कलकको अवार्ड पाएका हुन।
लामो समय देखी लोक गीत संगीतमा आबद्ध भएर काम गर्दै आइरहेका सत्यालले १ दर्जन गीतमा स्वर भरिसकेका छन भने दुई २ दर्जन गीत मा संगीत भरेका छन ।

सोही गीत बाट शब्द सङ्कलकको नभप्रतिभाको अवार्ड भने मधुकर थापाले हात पार्न सफल भएका छन ।
काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपालमै पहिलोपटक चाड्पर्ब परदेशी र आमा सम्बन्धि गित हरु मात्र समाबेस गरिएको फेस्टिबल अवार्ड सम्पन्न भएको थियो। बरिष्ठ निर्देशक तथा लेखक मोहन निरौलाको प्रमुख आतिथ्यतामा सम्मन्न भएको अवार्ड कार्यक्रममा शान्ती प्रिय,गिता अधिकारी,रामकुमार शाही,जय रावल लगायतका अतिथि हरु को बाक्लो उपस्तिथि रहेको थियो। १८ बिधामा अवार्ड बितरण गरेको कार्यक्रममा पब्लिक च्वाइस,जुरि र प्रोत्साहन अवार्ड पनि बितरण गरेको आयोजकले जनाएको छ।कार्यक्रम को स्वागत मन्तब्य रामकुमार शाही ले गर्नुभएको थियो भने सन्चालन दिपज्योती थापाले गरेका थिए। कार्यक्रमका अध्यक्ष सामना शाहले गरेका थिए।जस्मा श्रष्टा सम्मान बरिस्ठ गायिका बिमा कुमारी दुरा र गायिका धनकुमारी थापा “सरु”लाई सम्मान गरिएको छ भने तेस्तै पत्रकार सम्मान किरण अधिकारी र मिडिया सम्योजन गर्ने प्रकाश बराइली लाई पनि गरिएको छ।कार्यक्रम को बिच बिचमा निकै भावुक गितहरु पस्कंदै सहभागी सबैलाइ भावुक बनाउदै सम्झना श्रीले गित प्रस्तुत गरेकी थिइन।