सुजन काफ्ले
असोज १२
दोलखा । लुम्बिनी जनरल इन्स्योरेन्सले आगलागी पीडितलाई चेक हस्तान्तरण गरेको छ। आइतबार सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमका बिच पीडित राधा खत्रीलाई ६० लाख १४ हजारको चेक हस्तान्तरण गरेको हो।

इन्स्योरेन्सले केही दिन अगाडि अग्रिम भुक्तानी बापत २५ लाखको चेक प्रदान गरेको र अहिले ६० लाख १४ हजारको चेक हस्तान्तरण गरिएको लुम्बिनी जनरल इन्स्योरेन्स दोलखा उप शाखाका प्रमुख रामचन्द्र केसीले बताए ।
चेक लिदै आगलागी पीडित आफुले पहिले इन्स्योरेन्स बारे खासै जानकारी नरहेको र पछि पटक पटक शाखा प्रमुख अनुरोधमा इन्स्योरेन्स गरेको खत्रीले बताए । इन्स्योरेन्स गर्नु आफैंका लागि राम्रो भएको उनले बताए।

गत जेठमा चरिकोट बसपार्कमा रहेको घरमा आगलागी भएको थियो। २०७५ साल जेष्ठमा चरिकोटमा लुम्बिनी जनरल इन्स्योरेन्सको उपशाखा स्थापना भएको थिएको थियो।
कार्यक्रम उद्योग बाणिज्य संघ दोलखाका अध्यक्ष इन्द्र श्रेष्ठ, बैंक तथा बिमा समुह अध्यक्ष बिदुर थापा, रोहित खड्का , पिडित राजु केसी लगायत पत्रकारहरुको उपस्तिथिमा सम्पन्न भएको थियो।