सुजन काफ्ले।
दोलखा । तामाकोसी ग्रामिण विद्युत सहकारी संस्थाले विद्युत महसुल नतिर्दा १ हजार घरधुरी अन्धकार बनेका छन।
संस्थाले बिगत ३ वर्षदेखिको विद्युत महसुल नबुझाएका कारण प्राधिकरणले लाइन काटेपछि तामाकोसी गाउँपालिकाको जफे , मालु र मेलुङ गाउँपालिकाको साबिक मेलुङ गाउँ मंगलबारदेखि अन्धकार बनेका हुन ।
बिजुलीको महसुल निरन्तर तिर्दा पनि आफुले बत्ति बाल्न नपाएको जफेका स्थानीय रमेश मिजारले बताए।
विद्युत महसुल नतिर्नेको लाइन काट्नुको सट्टा सस्थाले सबैलाइ सास्ती दिएको मिजारको भनाइ रहेको छ।
तामाकोसी ग्रामिण विद्युत सहकारी संस्थाका अध्यक्ष धुर्ब पोख्रेलले बक्यौता बाँकी रहेको स्विकार्दै आफुहरु ले छिटै महसुल बुझाएर बिजुली निरन्तर बाल्ने बताए।
पोखरेलले ३ सय ७० घरले महसुल नबुझाएका कारण यो समस्या आएको उनको र बिहिवार सम्म १ लाख जम्मा गरेर प्राधिकरणलाई बुझाउने बताए। र महसुल नतिर्नेको घरमा मात्र लाइन काटेर बाकी घरमा बत्ती बाल्ने पोखरेलको भनाइ रहेको छ।