सुजन काफ्ले। दोलखा । प्रदेश ३ का कृषि मन्त्रि दावादोर्जे लामाद्धारा दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ६मा रहको गाउँघर साना किसान कृषि सहकारी संस्थाबाट संञ्चालित दुधडेरीको अबलोकन गरेका छन् । मन्त्रि लामाले दुधडेरीको अबलोकन गर्दै सहकारीले संञ्चालन गर्न लागेको नौ सय बेशी खेत भन्ने स्थानको तरकारी खेतिलाई प्रदेश सरकार कृषि मन्त्रालयले सहयोग गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।
मन्त्रिलाई दुधडेरीबाट उत्पादित परिकार खुवाई स्थानियले स्वागत गरेका थिए । मन्त्रि लामाले सहकारीको कार्यको अबलोकन पछि सहकारीले किसान लक्षित कार्यक्रम गरेर स्थानियहरुको जिबिकोमा सहयोग पुर्याएको भन्दै अझै रचनात्कम कार्य गरे प्रदेश सरकारले सहयोग गर्ने बताएका थिए । सहकारीका अध्यक्ष श्रीराज पोखरेलले मन्त्रिलाई सहकारीको कारोबार बारे जानकारी गराएका थिए । मेलुङ गाउँपालिकामा रहेको यो सहकारी किसानहरुको सारथिको रुपमा रहेको छ । २०६९सालमा स्थापना भएको यस सहकारीले ५ प्रतिशतमा जिबिकोपार्जन पशु कर्जा र ९ प्रतिशतमा कृषि कर्जा उपलब्ध गराउँदै आएको अध्यक्ष पोखरेलले मन्त्रि लामालाई जानकारी दिए । हालसम्म यस सहकारीमा १३ सय जना सेयर सदस्य रहेको अध्यक्ष पोखरेलले बताए । सहकारीको कुल कारोबार ४ करोड ४२ लाख रहेको बताईएको छ ।