सुजन काफ्ले ।
दोलखा । गाउँपालिकाको करोडौं भ्रस्टाचार र अनियमितता ढाकछोप गर्न मध्य रातमा पालिका लुटपाट गरिएको नेपाली काङ्ग्रेस कालिन्चोक गाउपालिकाले आरोप लगाएको छ। बुधबार प्रेस बिज्ञप्ति जारी गर्दै नेपाली काङ्ग्रेस कालिन्चोक गाउपालिका सभापति अर्जुन प्रशाद शिवाकोटीले सो आरोप लागाउदै पालिका प्रमुख र उपप्रमुख बिचको द्वन्द्व देखाइ पालिकाका महत्वपूर्ण कागजात चोरी हुनु भनेको बिगतमा भएका अनियमितता लुकाउन नियोजित रुपमा रचिएको प्रपन्च मात्र हो। दुई तिहाईको दम्भ देखाउदै जति भ्रस्टाचार गरेपनी हुन्छ भन्ने मनोबिज्ञानबाट कम्युनिस्ट जनप्रतिनिधि हरु भन्ने कुरा कार्यालयको सरसामान अस्थायी केन्द्रबाट पालिका प्रमुखको गाउँमा लैजानुबाट नै पुष्ठि भएको उनले बताए।
नेपाली काङ्ग्रेस कालिन्चोक गाउँपालिकाका पार्टी सचिब पदम राज पाठकले आफ्नो ध्यानाकर्षणलाइ ब्यावास्ता गरि आफ्नो गतिविधि र आचारणलाई सच्याएर जनताको दैनिक सेवा सन्चालनमा नल्याए आगामी दिनमा सशक्त आन्दोलनमा उत्रने चेतावनी दिदै जनप्रतिनिधिको नाममा त्रास फैल्याउदै अनैतिक कार्य गर्ने सम्पुर्णलाई कानुनी कठघरामा उभ्याइ तत्काल आबश्यक कारबाही गर्न गराउन जिल्ला प्रशासन कार्यालयलाई समेत ध्यानाकर्षण गराए।
लामो समयदेखी केन्द्रको बिबाद रहेको पालिका को केही दिन अगाडि गाउपालिका तोडफोड गरि केही जनप्रतिनिधिले सरसामान साबिक वडा नम्बर ५ बान्द्रेस्थलीमा लगेका थिए।