सुजन काफ्ले।
दोलखा।जिल्लाको मेलुङ गाउपालिकामा रहेको गाउँघर साना कृषि सहकारी संस्थाले आयोजना गरेको देउसी भैलो कार्यक्रम बाट २ लाख ५० हजार ५ सय रुपैयाँ सङकलन गरेको छ।
सस्कृती जगेर्ना गर्न र पर्वबाट सस्थाको बिकाशमा सहयोग गर्ने उदेश्यले गरिएको कार्यक्रमबाट सो रकम सङकलन गरेको हो।
सङकलित रकमलाई सस्थाको ट्रस्ट सहितको तालिम हल, सफ्टवेयर र ईन्टरनेट लगायत सस्थाको आबश्यकता हेरेर खर्च गरिने सस्थाका अध्यक्ष श्रीराज पोखरेलले बताए। कार्यक्रममा मेलुङ गाउपालिका वडा नम्बर ६ र ७ का वडा अध्यक्षहरु कुसुम लामा र नबराज खड्काले सस्थाको बिकाशको लागि ३ लाख रुपैया सहयोग गर्नका लागि गाउपालिकामा पहल गर्ने बताएको अध्यक्ष पोखरेलले जानकारी दिए। अध्यक्ष पोखरेल सस्थालाई सहयोग गर्ने ब्यक्तिहरुको नाम अभिलेखिकरण गरिने हुदा सहयोग गरिदिन हुन सबैलाइ आग्रह गरे।
कार्यक्रम सस्थाको अध्यक्ष श्रीराज पोखरेल, वडा अध्यक्षहरु, शिक्षकहरु लगायत स्थानिय हरुको उपस्थितमा देउसी भैलो सहित सास्कृतिक कार्यक्रम कार्यक्रम सम्पन्न भएको थियो।