सुजन काफ्ले।
दोलखा।
नेपालको कालापानी र लिपुलेकलाई भारतको नयाँ राजनीतिक नक्सामा देखाएको भन्दै दोलखा पनि ‘गो ब्याक इण्डिया’को नारा लगाइएको छ । अनेरास्ववियूमा आबद्ध विद्यार्थी संगठन र युबाहरुले नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै बिहीबार बेलुका सदरमुकाम चरिकोटमा विरोध प्रर्दशन गरेका हुन् ।
बजार परिक्रमा गरि सातदोबाटोमा चोकमा भएको
काेण सभालाई सम्बाेधन गर्दै अनेरास्ववियु दाेलखाका संयाेजक शक्ति पाठकले नेपाली भू–भागलाई भारतीय नक्सामा राखेकोमा आफूहरुको गम्भीर ध्यानाकार्षण भएकाे बताउदै तल्काल सच्चाउन चेतावनी दिए ।
खराब छिमेकीको बानी नदेखाउन आग्रह गर्दै नेपाली जनतामा लिपुलेक र कालापानीमा गएर नेपालको झण्डा गाड्न सक्ने क्षमता रहेको बताएका छन् ।