सुजन काफ्ले
दोलखा।जिल्लाको तामाकोसी गाउँपालिका वडा नम्बर १ भिरकोटमा रहेको भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्था फेरि चोरी भएको छ। गएको पुसमा कार्यालयको झ्याल तोडफोड गरेर चोरी भएको सहकारी गत बिहिवार राती फेरि पनि चोरी भएको हो। शुक्रबार बिहान ९ बजे कार्यालय पुग्दा चोरी भएको थाहा पाएको सहकारीले जनाएको छ।सहकारिका आर्थिक बिभाग प्रमुख उदय कटुवालका अनुसार छत बाट भित्र छिरेर झण्डै ५० हजार बराबरीको नगदसहित सरसामान चोरी भएको बताए । कार्यालयका भित्रका ढोकाहरु तोडफोड गरेर सिसि क्यामेराहरुहरु तोडफोड गरि नगद २ हजार २ सय ५० सहित मनिटर, पावर डिस्क, डिजिटल हाजिर लगायत कार्यालयको सरसामन चोरी भएको सहकारीले जनाएको छ।
छत बाट छिर्ने बाटोमा ढोका झ्याल नराखि कार्यालय सन्चालन गर्नु कार्यालयले चरम लापरबाहीले गरेको स्थानीयले बताएका छ्न।
यता जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहराका अनुसार अनुसन्धान भइरहेको र दोषीलाई छिटै कारबाहीको दायरा ल्याउने जनाएका छन ।
कार्यालय तोडफोड गर्नेलाइ निश्पक्ष छानबिन गरि छिटो भन्दा छिटो कारबाहिको दायरामा ल्याउन समेत स्थानीयले माग गरेका छन।