सुजन काफ्ले
दोलखा ।जिल्लाको तामाकोसी गाउँपालिका वडा नम्बर १ भिरकोटमा रहेको भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्था चोरी भएको ९ दिन पुग्दा पनि सन्चालक समिती भने मौन देखिएको छ।
चोरी भएको लामो समय सम्म पनि सहकारीका सन्चालक समिती हरुले छानबिनका लागि खासै चासो नदेखाएको पाइएको छ।
सहकारीका सन्चालक समिती हरु नै बिभाजित भएको जस्तो देखिएको छ। अहिले सम्म चोर को पहिचान गर्न नसक्नु र खासै चासो नदेखाउनुले सन्चालक समितीमा माथी नै प्रश्न चिन्ह खडा भएको छ। गएको पुसमा कार्यालयको झ्याल तोडफोड गरेर भएको चोरीको पनि समितिले पत्ता लगाउने सकेको थिएन । सहकारी गत बिहिवार राती फेरि चोरी भएको थियो। शुक्रबार बिहान ९ बजे कार्यालय पुग्दा चोरी भएको थाहा पाएको सहकारीले जनाएको छ।
कार्यालयका भित्रका ढोकाहरु तोडफोड गरेर सिसि क्यामेराहरुहरु तोडफोड गरि नगद २ हजार २ सय ५० सहित मनिटर, पावर डिस्क लगायत कार्यालयको सरसामन चोरी भएको सहकारीले जनाएको छ।
छत बाट छिर्ने बाटोमा ढोका झ्याल नराखि कार्यालय सन्चालन गर्नु कार्यालयले चरम लापरबाहीले गरेको स्थानीयले बताएका छ्न।