सुजन काफ्ले
दोलखा। जिल्लाको तामाकोसी गाउँपालिकाको भिरकोट – हाँवा सडक अन्तर्गतको दोस्रो खण्ड सहरे- हाँवा सडकको स्तर उन्नतिको काम अन्तिम चरणमा पुगेको छ। सो सडक निर्माणको काम ८४ प्रतिशत सकिएसगै अन्तिम चरणमा पुगेको निर्माण कम्पनिले जनाएको छ।
भुकम्प आपतकालिन सहायता अन्तर्गत एसियायी बिकास बैंकको ऋण सहायता र स्विस बिकास सहयोगको प्राबिधिक सहयोगमा निर्माण थालिएको सो योजनाको दोसो खण्ड निर्माणको जिम्मा बिरुवा – मस्दिङ देबि- वल्ड वाइड जेभिले पाएको थियो।
सहरे देखि हाँवा सम्मको करिब ११ किलोमीटर सडकमा
छेउ भित्ता कटिङ, ग्याबिन रिटेनिङ, मेसिनरी रिटेनिङ,हेमपाइपको काम, कल्भर्ट , आर सि सि कच्वे, सिचाइ क्रसिङ, निर्माणको साथै नालासहित ६.२५ मिटरको सडक बनाएर डिबिएसटी पिच ६ किलोमीटर सम्पन्न भइसकेको वल्ड वाइड जेभी कम्पनिका इन्चार्ज रुपचन्द्र लामिछानेले बताए ।
सो आयोजनाको पहिलो खण्डमा पनि सडक निर्माण भइरहेको कारण निर्माण सामाग्री ओसारपसारमा कठिनाई भएतापनी तोकिएको समयमा नै काम सम्पन्न गरेर सडक हस्तान्तरण गर्ने योजना रहेको लामिछानेले बताए। लामिछानेले भने “बर्षाको समयमा केही समस्या आयो तर आफैले स्काभेटर प्रयोग गरेर अवरोध सडक निर्माण गरि निर्माण सामाग्री लैजाने काम गर्यौ । निर्माण सामग्री लैजाने बैकल्पिक सडक नभएका कारण पनि केही असहज त भयो तर भनेको समयमा नै काम सक्नेमा आफुहरु बिस्वस्त रहेको उनको भनाइ रहेको छ।
पिचको काम पनि केही दिन भित्र नै सकेर सडक हस्तान्तरण गर्ने योजन रहेको आयोजनाले जनाएको छ।
सो सडकको पहिलो खण्ड भिरकोट हुदै जफे,मालु र सहरे जोड्ने करिब १५ किलोमिटर सडक निर्माणको काम निर्माण कम्पनी तामाङ -कुमार जेभिले ठेक्का पाएको थियो।