सुजन काफ्ले
दोलखा।
जिल्लाको भिमेश्वर नगर पालिका वडा नम्बर २ तिखातलमा गए राती जेसिबी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन।
दुर्घटनामा बिगु गाउँपालिका ४ खोपचाँकुका राजु थामीकाे उपचारकाे क्रममा मृत्यु भएको छ भने भिमेश्वर नगरपालिका २ का सुमन थामी,बिगु गाउँपालिका वडा नम्बर ७ का बिजय श्रेष्ठ र कालिन्चोक गाउँपालिका वडा नम्बर ४ चिउरीखर्कका राजकुमार थामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव निरिक्षक यज्ञानन्द साहले जानकारी दिए।
घाइतेहरु सुमन थामी र राजकुमार थामिको टिचिङ हस्पिटल काठमाडौमा र अर्का घाइते बिजय श्रेष्ठको ग्रान्डी हस्पिटलमा उपचार भइरहेको शाहले बताए।
मृत्युु भएका राजु थामिको शब प्राथमिक स्वास्थ केन्द्र चरिकोट राकिएको प्रहरीले जनाएको छ।
नगरपालिकाको गौतम टोलबाट भिमेश्वर मन्दिर तिर जाँदै गरेको जेसिबी अनियंत्रित भइ दुर्घटना भएको थियो।