सुजन काफ्ले । दोलखा । दोलखा स्थायी घर भएका प्रहरी निरीक्षक देबराज काफ्ले ३ नम्बर प्रदेश कै उत्कृष्ट प्रहरीका रुपमा पुरस्कृत भएका छन।
काफ्लेलाई उत्कृष्ट कार्य गरेबापत मंगलबार ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले ले पुरस्कृत गरेको हो। सिन्धुलिको दुधौली नगरपालिका १४ मा सडक निर्माणको क्रममा सडक छेउमा पार्किङ गरि राखेको स्काभेटरमा अज्ञात ब्यक्तिहरुबाट प्रेसर कुकर बम बिस्पोटको घटनामा संम्लग्नहरु , चन्दा असुलि गर्न्ने , घाकधम्की दिने लगायत कार्यमा संम्लग्न ब्यक्तिहरुलाइ विशेष सुराकिको आधारमा बिशेष कला तथा कारबाहीद्वारा नियन्त्रणमा लिइ कानुनको दायरामा ल्याउन सफल भएको भन्दै पुरस्कृत गरिएको प्रहरि कार्यालय हेटौंडाले जनाएको छ।
दैनिक कामकारबाहीलाई चुस्त दुरुस्त पार्दै अन्य कर्मचारिलाइ समेत प्रोत्साहित गरेको भन्दै काफ्लेलाइ मंसिर महिनाको “बेस्ट स्टेट पोलिस अफ द मन्थ” घोषणा गरिएको छ ।
जिल्लाको तामाकोसी गाउँपालिका वडा नम्बर १ भिरकोट घर भएका काफ्ले २०७२ सालबाट बाट प्रहरी सेवामा लागेका हुन। विभिन्न सामाजिक कार्यहरु गर्दै आएका उनी ४ बर्ष सम्म खरिदार पदमा जिल्ला अदालत दोलखामा कार्यरत थिए। प्रहरि निरीक्षकमा नाम निकाले सगै सो पदबाट काफ्ले बिधाइ भएका थिए। सानै देखि पढाईमा अब्बल रहेका काफ्ले मेहनती र हसिला स्वभाबका छन।।।