सुजन काफ्ले
पौष ,१४
दोलखा । पर्यटन बर्ष 2020 को उपलक्ष्यमा कालिन्चोक केबुलकारले बिशेष छुट दिने भएको छ।
दोलखा, सिन्धुपाल्चोक र रामेछापका जिल्ला बासिन्दालाई सोमबार र बुधबार केबुलकारको टिकटमा ४० प्रतिशत छुट दिने भएको हो।
छुट प्राप्त गर्नका लागि तीन जिल्ला बासिहरुलाई परिचयपत्र अनिवार्य गरिएको कालिन्चोक केबलकार लिमिटेडका सन्देश शिवाकोटीले जानकारी दिए।
सो छुटको अबधि निश्चित अबधिका लागि भएको र छुट दिन सुरु गरिसकेको शिवाकोटीले जनाए।
अरु बार ५ सय लाग्दै आएको टिकटमा छुटपछि ३ सय मात्र लाग्ने कालिन्चोक केबलकार लिमिटेडले जनाएको छ। केबलकारले बृद्धअबश्थाका र विद्यार्थीहरुलाइ हप्ताको पुरै दिन टिकटमा २५ प्रतिशत छुट दिदै आएको थियो।