सुजन काफ्ले
दोलखा । स्थानीयले पाउने सेवा सुबिधामा कठिनाइ भएको भन्दै तत्काल विधि र प्रक्रिया बाट गाउँपालिका केन्द्र तोक्न नेपाली काङ्ग्रेस तामाकोसी गाउँपालिकाले माग गरेको छ। सोमबार तामाकोसी गाउँपालिका कार्यलयमा नै पुगेर ज्ञापनपत्र बुझाउदै नेपाली काङ्ग्रेस तामाकोसी गाउपालिकाका सचिब चन्द्रगणेश काफ्लेले निर्वाचित भएको ३ बर्ष पुग्न लाग्दा सम्म प्रक्रिया अघि नबढाएको भन्दै तत्कालै स्थायी केन्द्र तोक्ने प्रक्रिया अघि नबढाइए चरणबद्द आन्दोलन गर्ने चेतावनी दिए। कहिले वृक्षारोपणमा भ्रष्टाचार , कहिले बालुवा गिट्टीमा अनियमितता, कहिले योजनामा भ्रष्टाचार भएको बताउदै काफ्लेले गाउँपालिकामा हरेक बर्ष भ्रष्टाचारका समाचारहरु राष्ट्रिय रुपमै चर्चाको विषय बन्दै गएको बताए। त्यस्तै नेपाली काङ्ग्रेस दोलखाका नेता भबेन्द्र कार्किले हिजो निर्वाचनताका मत कुम्ल्याउन जताततै विभिन्न स्थानमा गाउँपालिका केन्द्र राख्ने भ्रम छर्दै निर्वाचनमा जनमत बटुलेपछि अहिले केन्द्र तोक्ने विषयमा खासै चासो नदेखाएको बताए ।
जिल्लास्तरका, गाउँपालिका एबम वडास्तरका नेताहरु लगायत स्थानियहरुको उपस्थितिमा गाउँपालिकाका कार्यकारी अधिकृत बिज्ञान कोइरालालाई ज्ञापनपत्र बुझाइएको थियो।