सुजन काफ्ले।
दोलखा। जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ लामिडाँडाका वडा अध्यक्ष निशान बुढाथोकीले आफ्नो वडाका जेष्ठ नागरिकलाई सम्मान गरेका छन। ७० औँ प्रजातन्त्र दिवसको अवसरमा १ सय ३० जना जेष्ठ नागरिकलाई १थान ब्लाङकेट, १ थान टेक्ने लौरी र १ थान टर्च वितरण गरेर सम्मान गरेका हुन।
६० वर्ष पुगेका दलितलाइ र ७० बर्ष पुगेका अन्य जेष्ठनागरिकलाई सम्मान गरिएको सोही वडाका वडा अध्यक्ष निशान बुढाथोकीले बताए। कार्यक्रममा उपस्थित हुन नसक्ने अवस्थामा रहेका जेष्ठनागरिकलाई घरमै पुगेर सम्मान गर्ने बुढाथोकीले बताए ।
सम्मान कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेको प्रमुख आतिथ्यतामा ,गाउँपालिकाका अध्यक्ष बिनकुमार थामी, गाउँपालिकाकि उपाध्यक्ष कालिका पाठक, प्रमुख प्रसाशकिय अधिकृत नवराज ओली लगायत स्थानीय बासिहरुको उपस्थितिमा सम्पन्न भएको थियो।