सुजन काफ्ले,
चैत २९,
दोलखा । तामाकोशी गाउपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष महेश्वर काफ्ले आफ्नो वडाबासी र स्वास्थ्यकर्मी लाइ १ लाख बराबरको स्वास्थ्य सामाग्री बितरण गरेका छन। बिश्व मानव जगतलाई नै कोरोना भाइरस कोभीड १९ विरुद्ध संकट भइरहेको बेला गाउँपालिकाको वडा नम्बर १ भिरकोटका वडा अध्यक्ष काफ्लेले आफ्नो ब्यक्तिगत खर्चमा ४ हजार मास्क, ४ थान पिपिइ सेट र ३०० वटा साबुन गरेेेर १ लाख बराबरको स्वास्थ्य सामाग्री बितरण गरेका हुन।
स्वास्थकर्मीलाई सुरक्षित महसुस गरि नागरिकको स्वास्थ्यसेवामा लाग्न र स्वास्थ्यकर्मी र स्थानीयहरुको जोखिमलाइ मध्यनजर गर्दै आफुले स्वास्थ्यकर्मीलाई पिपिइ सेट र स्थानियहरुलाई मास्कका साथै दलित, बिपन्न र अपाङ्गलाई साबुन समेत बितरण गरिएको वडा अध्यक्ष काफ्लेले बताए। वडामा रहेका भिरकोट स्वास्थ्य चौकीमा ३ थान र सामुदायिक स्वास्थ्य इकाई मा १ थान गरि ४ थान पिपिइ सेट बितरण गरिएको काफ्लेले बताए।
निर्बाचित भएदेखी नै सामाजिक सेवामा लाग्दै आएका वडा अध्यक्ष काफ्ले जिल्लामा युबा वडा अध्यक्ष र तलब भत्ता नलिने वडा अध्यक्ष भित्र पर्दछन। स्थानीय माझि समुदायका ब्यक्तिहरुको अपर तामकोशीको शेयर हालेर चर्चामा आएका काफ्ले जिल्लामा भएका विभिन्न कार्यक्रममा सम्म्मनित समेत भएका थिए।
केही दिनमा नै गाउँपालिका सबै वडामा पिपिइ सेट बितरण गर्ने योजना रहेको काफ्लेले बताए।