चैत३०,
सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकाका पाँच वटा वडाका सार्बजनिक स्थलहरुमा साबुनपानी सहित बाल्टिन र बाटाको ब्यवस्था गरेको छ।।
बिश्व मानव जगतलाई नै कोरोना भाइरस कोभीड १९ विरुद्ध संकट भइरहेको बेला नेपाली काङ्ग्रेस गोलन्जोर गाउँपालिकालेे पालिकाको वडा नम्बर १,२,३,६ र ७ का सार्बजनिक स्थल प्रहरी चौकी तथा स्वास्थ्य चौकीमा मा साबुनपानी सहित बाल्टिन र बाटाको ब्यवस्था गरेको हो।
“साबुन पानिले हात धोऔ कोरोना बाट बचौ” भन्ने अभियानका साथ सार्बजनिक स्थलहरु प्रहरी चौकी तथा स्वास्थ्य चौकीमा साबुन ,बाल्टिन, बाटाको ब्यवस्था गरिएको गोलन्जोर -काठमाडौं सम्पर्क समितिका सह- सचिब दिनेश घिमिरेले बताए। स्वास्थ्य चौकी र बैंक हरुमा केही थान सर्जिकल मास्क ,पन्जा लगायत स्वास्थ्य सामाग्री समेेेत बितरण गरिएको घिमिरेले बताए।
नेपाली कांग्रेस सिन्धुलीका युवा नेता युबराज गुरुङ लगायत सहयोगमा भएको कार्यक्रममा गोलन्जोर गाउँपालिका वडा न. ३ अध्यक्ष पुष्कर राज बराल , नेपाली कांग्रेस वडा सभापतिहरु, नेपाली कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिका सदस्य सविन घिमिरे, सम्पर्क समिती तथा भातृ संगठनका ब्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।