सुजन काफले
बैशाख १,
दोलखा । तामाकोशी गाउपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष महेश्वर काफ्लेले पिपिइ सेट लिएर गाउँपालिकाका भरिका स्वास्थ्य चौकिमा पुगेर बितरण गरेका छन।
बिश्व मानव जगतलाई नै कोरोना भाइरस कोभीड १९ विरुद्ध संकट भइरहेको बेला गाउँपालिकाको वडा नम्बर १ भिरकोटका वडा अध्यक्ष काफ्लेले आफ्नो ब्यक्तिगत खर्चमा गाउँपालिकामा रहेका ७ वटा स्वास्थ्य चौकी र एउटा सामुदायिक स्वास्थ्य इकाईमा पुगेर वर्तमान अवस्था काे बारेमा जानकारी लिदै १६ थान पिपिइ सेट र मास्क बितरण गरेका हुन।
गाउँपालिकाका प्रत्येक वडाका स्वास्थ्य चौकीमा २/२ वटा पिपिइ सेट सहित मास्क चस्मा बितरण गरिएको वडा अध्यक्ष काफ्लेले बताए।
पिपिइ सेट बितरणको क्रममा वडा नम्बर ६ च्यामा पुगेका काफ्लेले खेल मैदानमा बालबालिका र युवा गरेर करिब ५० जना जम्मा भएर खेलि रहेकाे देखेपछि यसरी भिडभाड गरेर जम्मा नहुन र सुरक्षित रहन आग्रह गर्दै प्रत्येक लाई मास्क समेत बितरण गरिएको उनले बताए।
अध्यक्ष काफ्लेले केही दिन अघि आफ्नो ब्यक्तिगत खर्चमा आफ्नो वडा भरी ४ हजार मास्क र ३०० वटा साबुन बितरण गरेका थिए।।
वडा स्वास्थ्य चौकिमा र खेल मैदानमा बितरण गरिएका सम्पुर्ण तस्बिर हरु