सुजन काफ्ले ,
दोलखा । जिल्लाको कालिन्चोक गाउँपालिका निबासी एक घर बेटीले घर भाडा छुट दिने घोषणा गरेका छन् । पालिकाको वडा नम्बर ४ स्थित लामिडाडा स्थायी घर भइ काठमाडौ बस्दै आएका दिपक खुलालले काडाघारिमा रहेको ८ कोठाको घरको घर वहाल बापत एक महिनाको भाडा छुट दिने बताएका छन् ।
सरकारले देश कोरोनाको मारमा परेको भन्दै एक महिनाको घर भाडा नलिन आग्रह गरेअनुसार आफुले सो अभियानलाई साथ दिन भाडा छुट दिएको घरबेटी दिपक खुलालले बताए ।
खुलालले पालिकाको वडा नम्बर ४ का एक दर्जन परिवारलाइ राहात समेत बितरण गरेका छन। सात परिवारलाई नगद २ हजारका दरले र पाच परिवारलाई ३० केजि चामल १ केजि नुन १ लिटर तेल उपलब्ध गराएको स्थानीय हरि खतिवडाले बताए ।