काठमाण्डौ – नेपाल बजार बिक्री प्रतिनिधि सङ्घले बजार प्रतिनिधिहरुको पारिश्रमिक कटौती गर्ने र रोजगारी खोस्ने काम नगर्न आग्रह गरेको छ ।
सङ्घका अध्यक्ष सूर्य पराजुलीले विज्ञप्ति निकालेर कतिपय कम्पनीले पारिश्रमिक कटौती गर्ने र रोजगारी नै खोस्नेसम्मका काम गरेको पाइएकोले त्यसो नगर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको हो ।
कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको परिस्थितिका कारण सबै क्षेत्रमा समस्या आएकोले बजार प्रतिनिधिहरुको जीवनयापनमै समस्या आउने गरी गतिविधि नगर्न अध्यक्ष पराजुलीको आग्रह छ ।
बजार प्रतिनिधिकै कारण उद्योग प्रतिष्ठानले आफ्नो प्रतिष्ठा जोगाउन सफल भएकोले यस्तो समयमा उनीहरुको तलब कटौती गर्ने, कर्मचारी घटाउनेलगायत गतिविधि आएकोले सबै सेवा सुविधा उपलब्ध गराउन सङ्घले सबै उद्योग प्रतिष्ठानलाई आग्रह गरेको छ । उज्यालो अन्लाइन बाट