हजुर माथि अन्याय भो नि हजुर!!
हजुरले थाह नपाको कुरा
चासो नै नराखेको कुरा
लौत भने,
देख्दै नदेखेको ठाउं।
सायद,
हजरले, लालपुर्जा देखेकै छैन।
फलानाले हाम्रो खोरियो ज्योत्यो रे।
हल्लाखल्ला गर्छन त गाउंभरि।
यो हल्ला फैलाउंने दुश्मन रैछन क्यार!!
भने भने जस्तो हुनी
हजरकै जहान हुन उफ्रिने।
ल ,तिनले थाह पाएछन्
हजुरलाई किन नभनेका???
सोधी न खोजी
स्टमित्र फटाउन पाईन्छ त हजुर!!
कत्रो!!भरथेग छ।
हजुर माथि अन्याय भयो नि हजुर।
हजुरले कता तिर हेर्नू?
फेरि सारसउंदो भाको भए नि यौटा कुरा
जोत्या त छैन होला हजुर
हुन त उ नक्सा देखाउंदै थ्योरे!
त्यो त हजुरलाई नि थाह छ नि
हामी संग,हाम्रो नक्सा छ त हजुर??
उसैले कोर्देको हो कि क्या हो??
कैफियत त पक्का छ हजुर।
जोतेकै हो भने त
अत्याचार भो नि हजुर!
हजुरमाथि ,अन्याय भो नि हजूर!!
त्यो खोरियामा
उहिलै देखि
घाँस उहीँ काट्थ्यो रे
बस्तु उहीँ चराउंथ्यो रे!
हैन र हजुर?!?
हजुरले कान ठाडो नपारेसी
जोत्यो नि होला।
फापर छर्छरे।
गाउंभरि हल्लाखल्ला छ।
जे भए नि एक वचन त सोध्नु पर्ने हो नि!!
कि केही लिनदिन थियो कि हजुर??
नत्र
हजुरमाथि अन्याय भो नि हजुर!!
ल उस्ले त अन्याय गरयो रे!
भान्साका मान्छेलाई त था रैछ नि।
किन नभनेका होलान् हजुरलाई??
न भन है भन्या पो थ्यो कि!!
हैन भने
अपराध नै भो नि।
जहान नै वैरी भएसी के गर्नु?
उस्को भन्दा हाम्रै दोष छ हजुर
हजुरमाथि अन्याय भो नि हजुर!!
केशवराज चौलागाईं,
नेता नेपाली काङ्ग्रेस दोलखा।