सुजन काफ्ले
दोलखा। नेपाली काङ्ग्रेस दोलखाका नेता कुमार भुजेलले बरु आफुहरु मर्न तयार रहेको तर नेपाली भुमी छाड्न तयार नरहेको बताएका छन।
भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोबर जोड्ने ट्र्याक खोलेर उद्घाटन गरेको विरोधमा नेपाली काङ्ग्रेस तामाकोशी गाउँपालिका द्धारा आयोजित
बिशाल मशाल जुलुस पछिको कोण सभालाई सम्बोधन गर्दै नेता भुजेलले सो कुरा बताएका हुन ।
आफ्नो भुमिमा सडक खनेको थाहा नपाउने गरि केन्द्रिय सरकार सुतिरहेको र तामाकोसी गाउँपालिकाको स्थानिय सरकार पनि भ्रस्टाचार र कमिसनमा लागेको आरोप लगाउदै भुुुजेलले अब युबाहरु चुप लागेर बस्न नहुने बताए ।
त्यस्तै नेपाली काङ्ग्रेस दोलखाका नेता गोपाल तिमल्सिनाले तत्काल अतिक्रमित भूमी फिर्ता नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिए।
नेपाल विद्यार्थी संघका पुर्ब महामन्त्री कुन्दन राज काफ्लेको प्रमुख आतिथ्यमा सयौं जनाको उपस्थितिमा भएको कार्यक्रममा , कुमार भुजेल गोपाल तिमल्सिनाले लगायत स्थानीय नेताहरुले मन्तव्य राखेका थिए।