दोलखा ।जिल्ला सदरमुकाम चरिकोटमा रहेको प्रस्तावित चरिकोट अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन।
बिश्वब्यापी रुपमा कोरोना माहामारी भइरहेको बेला अस्पतालमा कार्यरत रहेका झन्डै ३ दर्जन कर्मचारीहरु निकालेको बिरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन।
“कोरोनाको महामारी बिनोद दङ्गाल भ्रष्टाचारि” “माहामारिको बेला कर्मचारी कटौती बन्द गर” “डा.बिनोद दङ्गाल अस्पतालको मनपरितन्त्र बन्द गर” “कर्मचारिको माथिको थिचोमिचो बन्द गर ” लगायतका प्लेकार्ड बोकेर स्वास्थ्यकर्मिहरु सोमबार आन्दोलनमा उत्रिएका हुन।
न्याय हेल्थ नेपाल बाट संचालित अस्पतालले एक्कासि कर्मचारी निकालिएको बिरोधमा आन्दोलनमा उत्रनु परेको संघर्ष समितीका संयोजक सन्तोष पोखरेलले बताए।
बिरोध कार्यक्रमलाई सामान्य रुपमा लिए कडा आन्दोलनमा उत्रने पोखरेलले चेतावनी दिए।
यता अस्पतालका हेल्थ केयर डाइरेक्टर बिनोद दङ्गाललाइ सम्पर्क गर्दा दङ्गालको फोन उठेन।