सुजन काफ्ले
दोलखा।नेपाली काङ्ग्रेस भिमेश्वर नगर कार्यसमितिले पक्राउ गरिएका स्वास्थ्यकर्मी तुरुन्त रिहाई गर्न माग गरेको छ।
नेपाली काङ्ग्रेस नगर सभापति राजेश कुमार श्रेष्ठले प्रेस वक्तव्य जारी गर्दै सो कुराको माग गरेका हुन।
जिल्ला सदरमुकाम चरिकोटको प्रस्तावित चरिकोट अस्पतालले बजेट अभावलाई कारण देखाउदै ३७ जना कर्मचारीलाइ जागिरबाट निकालिएपछि ४ दिन देखि आन्दोलनरत स्वास्थ्यकर्मीलाई आइतबार प्रहरीले अस्पतालबाट नै पक्राउ गरेको थियो।
नेपाली काङ्ग्रेस भिमेश्वर नगर कार्य समितिको वक्तव्य