दोलखा। जिल्लाको तामाकोसी गाउँपालिकाका नेपाली काङ्ग्रेसका नेता तथा वडा नम्बर १ का कार्यबाहक सभापति कार्किले स्थानीय दृष्टिबिहिनहरुलाइ सहयोग गरेका छन।
भिरकोटका कार्यबाहक सभापति बलराम कार्किले
वडाका ४ जना स्थानीयलाई केही खाद्यान्न सामाग्री सहयोग गरेका हुन।
भिरकोटका दृष्टिबिहिन स्थानीयहरु झकमाया आले बि.क.,देबकुमारि भुजेल,कृष्णमाया भुजेल र देउरुपा सार्किलाइ एक बोरा चामल,एक लिटर तेल,एक के.जि.दाल,आधा के.जि मस्यौरा र एक पोका नुन सहयोग गरिएको सभापति कार्कीले बताए।
विश्वमा कोरोनाको महामारी र देश लकडाउनको भएको बेला आफ्नो वडाका दृष्टिबिहिनहरुलाइ खाद्यान्नको अभाव नहोस भन्ने उदेश्यले सहयोग गरिएको कार्किले बताए।