सुजन काफ्ले
दोलखा । न्याय हेल्थ नामक गैरसरकारी संस्थाबाट संचालन हुँदै आएको प्रस्तावित चरिकोट अस्पतालले कोरोना महामारीका बीच बजेट अभावलाई कारण देखाउदै अस्पतालबाट १९ जना स्वास्थ्यकर्मी सहित ३६ कर्मचारी कटौती गर्ने निर्णय स्थगित गरेको छ। संस्थाले बुधबार प्रेस बिज्ञप्ति जारी गर्दै अस्पतालमा कार्यरत कर्मचारीहरुलाई करार सम्झौता नवीकरण नगरी कटौती गर्ने निर्णय हालका लागि स्थगित गरिएको जनाएको छ।
सोही विषयलाई लिएर कर्मचारीहरु केही दिन देखि आन्दोलित रहेका थिए। सो संस्थाले अछाम र दोलखामा अस्पताल संचालन गर्दै आएको छ।
न्याय हेल्थ नामक गैरसरकारी संस्थाद्वारा निकालिएको प्रेस बिज्ञप्ति