शरिष्मा काफ्ले दोलखा । ”बाबुआमा भएकी टुहुरी छोरी म ”
बाआमाको मुहार खुशी देखिन्थ्यो अरे
गर्भमा सानो भ्रुणले बास लियो अरे
आमाको रित्तो काख अब भरिने भयो अरे
बाबाको जिम्मेबारी अव थपिने भयो अरे
हिजो घाँस दाउरा मेलापात गर्दै गर्दा
लत्पतिएको आमाको मुहार
सन्तानको मोहले हसिलो भयो अरे
कुटो कोदाली हलो गर्दा गर्दै ठेला पसेका
मेरा बाका हात ऐया आत्था नगरि अव
त्यो कलिलो हातको
स्नेह खोज्न थाल्यो अरे
सधै बिहान ढिलो उठि भन्दै कराउने सासु
आज छोरी कस्तो छ तिमीलाई भन्दै
स्नेह देखाउन थालिन अरे
बाघ जसरी गर्जिने ससुरा
अव मेरो बंश बढ्ने भो भन्दै
मख्ख देखिन्थे अरे
हिजो आहार, रहेको निस्तो भात खाने मेरि आमा
अव दुध घिउ फलफुल र मासुका परिकारबाट
खुवाईन थालिन अरे
केवल नाती पाउने आसमा
आफ्नो बंश बढाउने आशमा
“हामीलाई छोरा चाहिन्छ है बुहारी”
नभनेको त सायद दिनै थिएनन होला
“सेलरोटी हैन केरा खाएको सपना देख्न
छोरो हुन्छ है”
नभनेको त सायद क्षणनै थिएनन होला
तर
अफसोच मेरि आमाले सेलरोटी खाएको
सपना देख्न थालिन
सासु ससुराले थाहा पाए
जिउदो लास हुने डरले मेरि आमा
ति सवै आफ्ना मनमा दवाउन थालिन
कत्रो डर त मेरि आमालाई
बालाई पनि छोरो चाहिएकाले
भन्ने आँट गर्न सकिनन्
दिन बिते, हप्ता बिते, महिना बिते
आज तिन महिना पुरा भयो
घरमा भ्रुण परिक्षण गर्ने कुरा चले
छोरा भए राख्ने
छोरी भए फाल्ने
सल्लाह हुन थाले
मेरि आमा
आफुले सेलरोटी खाएको सपना देखे भनेर
भन्न नसक्ने लाटीले
नाई जे भएन सन्तान हो
हुदैन भन्न सकिनन् अरे
मनमा अथाह डर
र
त्रास भए पनि
डाक्टरकोमा पुगिन
डाक्टर पनि कस्तो स्वार्थी रहेछन्
छोरा छोरा गर्दै बसेकी सासुका अघि
“बधाई छ” लक्ष्मीको आगमन
हुने रहेछ भनिदियो
छोराको सपना देखेकी सासुको अनुहार
क्रोधले भरियो
समाजको अघि त
हासे जस्तो गरिन अरे
तर
हिजो घरमा छोरी हौ भनेकी बुहारी
पेटमा छोरी छ भने पछि
अलच्छिन्या हुन थालि
नातीको आसमा खुवाएको
त्यो दुध घिउ त
अव सपना जस्तो भयो
कहिले काही त मेरि आमा भोकै पेट सुतिन अरे
निस्तो भात पनि बाले छोडे अलिक गाँस खान्तिन अरे
हो मेरि आमाले म छोरी भएकै कारण
दुख सहिन
तिरस्कार सहिन
घरमा दिनहु भु्रण हत्या गर्ने कुरा चल्थ्यो अरे
कारण
त्यो भु्रण एउटा छोरी थिई
सायद म छोरा हुन्थे
तव मेरि आमालाई
हजुरआमाले माया गर्थिन
मेरा बाले न्यानो स्नेह दिन्थे
मेरा हजुरबाले छोरी बनाएर राख्थे
तर
के गर्नु चाहेर नहुने रहेछ
केवल म छोरी भएकै कारण
तड्पिएर बाँचेकी मेरी आमा
भोको पेट मलाई पालेकी आमा
संघर्ष गरि दुख सहेकी आमा
मात्र
सन्तानको सुख भोग्न चाहेकी आमाले
जसो तसो मलाई जन्म त दिईन
तर अव हिजो
म पेट भित्र हुँदा भन्दा
अव
समस्या जल्दो थियो
लुगा किन्दिनु परयो
खान दिनु परयो
हुर्काउनु परयो
बढाउनु परयो
सुत्केरी अवस्थामा स्याहार त नपाउने
मेरि आमाले
के आस गरुन
परिवारले पाल्छन भन्ने
आफु खाई नखाई
मेरो पेट भर्न
तत्पर थिईन मेरि आमा
बर्ष दिन पनि भएको थिएन
आमा फेरि गर्भवती भईन
यो पाली पनि सोहि कुरा दोहोरियो
तर
केवल म छोरी भएकै कारण
तिरस्कृत भएकी आमा
अव सवैको स्नेह पाउन थालिन
कारण
आमाको गर्भमा छोरो थियो
नौ महिनासम्म त आमाले
आफुलाई दिएको भोजनले
मलाई पुरयाईन
आज मेरो भाई जन्मियो
म पनि दिदी भय
तर म दुधे बच्चालाई के थाहा
भाई भन्ने
केवल आमाको स्नेह पाएकी बिचरी म
अव त्यो स्नेह
त्यो ममतामा
अंश लाग्यो
अंश पनि यसरी लाग्यो कि
बा, हजुरवा आमा सामु त ०÷४
म त बाउ आमा भएकी टुहुरी जस्ती भये
बाउको माया के हो त कहिले थाहा पाईन
तर
ति मेरी एक्ली आमा पनि,
अव दुई फ्याक भईन
दुई तिर बाडिईन
नाती पाएपछि
अव म त खई को हो को हो
तेहि दुधे बच्चामा पनि
घृणा र तिरस्कारको
भाव झल्किरहेथ्यो
भाई दुध घिउ खान्थ्यो,
म खोले
भाई खेलाउन संग खेल्थ्यो,
म माटो
भाई राजा जस्तो थियो,
म दासी
भाई सुकिला नयाँ कपडा लगाउथ्यो,
म उसको जड्यौरी
भाई स्कुल जान्थ्यो,
म घाँस पात मेलामा
फरक के थियो रु
किन म सधै तिरस्कृत भए रु
किन मेरो भागमा माया हैन दुख लेखियो रु
किनरु आखिर किन रु
प्रश्न फरक भए नि उत्तर सवैको एउटै थियो
उ त छोरा थियो
र
म छोरी,
कास म छोरो भएको भए……
समय बित्दै थियो
भाई स्कुल जान थाल्यो
उ बोर्डिङ्ग स्कुल जान थाल्यो
टलक्क कालो जुत्तामा सर्ट पाईन्ट लाएर
म आफुलाई हेर्थे
मनमनै कल्पना गर्थे
कास म पनि छोरो भएको भए ….
तर
जस्तो बिकराल परिस्थीति भए पनि
ममा पढ्ने जोश आयो
घरमा “म पनि पढ्छु” भन्दा
ममाथी छुरा बचन प्रहार गर्न थाले
“त छोरी होस घाँस दाउरा चुलो चौकोमै सुहाउछ”
तर मैले हार खाईन
लुकी लुकी भए पनि स्कुल जान थाले
बिहानै घरको काम भ्याएर
स्कुल जाने गर्दथे
अन्तिम परिक्षामा म प्रथम भएछु
यो खवर गाउँभरि फैलियो
घरकाले पनि थाहा पाए
त्यो दिन निकै गाली खाए
तर
ममा पनि पढ्ने घमण्ड थियो
कहिले पछि हुने परिन
त्यसै गरि दुखमा मेरा दिनहरु बिते
आमाले लुकाएको पैसाले
किताव कापी किनेर पढे
पढ्नु त क्षणिक थियो
बाँकी दिन त केवल
घाँस दाउरा मेला पात गरेर बिते
दिन बिते रात बिते हप्ता बिते
महिना बिते र सालहरु बिते
दस कक्षामा पढिरहेकी म
ठुला ठुला सपना सजाईराखेको थिए
चैतको महिना थियो
संघर्षले पढेकोले म ब्यवहारिक पनि थिए
तर
त्यो बेला घरको काम सघाउन सकिन
कारण
म अव केहि दिनका लागी
परिक्षा केन्द्र नजिक बस्नु परयो
परिक्षा पनि राम्रो भयो
भाई र मैलै एकै बर्ष पढेकाले
यसपालि भाईको पनि एसएलसि थियो
पढाईमा खासै उ रामैो थिएन
उसले बेला बेला तँलाई कापी कलम किताब
दिन्छु भन्ने भएकोले
प्रायजसो
म उसको गृहकार्य पनि गरिदिन्थे
त्यसबेला परिक्षाको नतिजा प्रकाशन असारमा हुन्थ्यो
असारको पहिलो साता थियो
नतिजा प्रकाशन भयो भन्ने खवर आउन थाल्यो
मनमा चिसो पस्न थाल्यो
के हुने होला भन्ने
तर
आफुमा बिश्वास भने थियो
मैले थाहा पाउनुभन्दा पहिला गाउमा
मेरो नतिजाको खवर फैलिसकेछ
मानिसहरु घरमा आएर बधाई दिन थाले
म आफु भने अन्जान थिए
तर भनिन्छ नि
“खाने मुखलाई जुँगाले छेक्दैन” भनेर
जति पनि दुख र संघर्ष गर्नु परेपनि
मेरो नतिजा उत्कृष्ट आयो
त्यो बेला पास हुनेको पनि
छुट्टै सान र ईज्जत हुन्थियो
म त जिल्ला टप भएछु
मेरो खुशिको सिमा रहेन
तर
मेरो घर परिवार…………….
कठै म………..
दुनियाले बधाई दिँदा
दुनियाको अगाढी हाई हाई हुँदा
मेरि आमा बाहेक कसैको मुहारमा
खुशी देखिन
कारण
भाई फेल भएछ
छोरो पनि कस्तो जात हुँदो हो नि
त्यत्रो खर्च गरेर बोर्डिङ्ग पढाए भनेर
फुई लगाउने बा र हजुरवा अनि आमा
आज मलिन देखिन्थे
अझ उहाँहरुको अनुहारमा क्रोध देखिन्थ्यो
कारण
मै थिए सदाझै
म जान्ने भएर नातीको बेईज्जत गराई रे
मेरो तेत्रो संघर्ष त बालुवामा हालेको पानी जस्तो
अव टेन प्लस टु बिज्ञान बिषय लिएर
भविष्यमा असल डाक्टर बन्ने सपना थियो
ति सपनालाई साकार पार्न मेहनत गर्थे
प्लस टु पनि डिस्टीन्सन ल्याएर पास गरे
गाउँमा संघर्ष गरेर आएकी छोरीले
सहर जस्तो ठाउँमा
बिहान बेलुकी गार्मेन्टमा
काम गरेर पढेकी थिए
यो मेरो लागी ठुलो कुरो थियो
पढाई राम्रो भएकाले
कलेजमा छात्रबृत्ति पाएँ
बिहान बेलुकी कमाएको पैसाले
कापी किताव किन्न ठिक्क पुग्दथ्यो
अव डाक्टर बन्न
ईन्ट्रान्स प्रिपेरेसन गर्दै थिए
त्यत्तिकैमा गाँउबाट बा आउनुभएछ
कोठामा आउनसाथ
बस्न पनि नपाई
बाले भन्नु भयो
“अव तेरो बिहे गरिदिने
छोरी होस धेरै दिन पाल्न सकिदैन”
मेरा सारा सपना किनारको बालुवा
खोलाले बगाए झै बगे……….
आकासमा कालो बादल लागे झै
मेरो आँखामा बादल लाग्यो
र
आकाशबाट झरेका पानीझै
आशु बगे
आशु बगाउन बेकार थियो
आज सम्म बुवाको स्नेह के हुन्छ
थाहा नपाएकि म
खै के आशा गरु
म बिहे गर्दिन पढ्छु भन्दा
मेरा बाले हुन्छ भन्छन् भने
म बिबस थिए……….
केहि बोल्ने हिम्मत गरिन
मेरा सपनाहरुमा पनि कालो बादल लाग्यो
त्यहि मंसिरमा मेरो बिहे भयो
अव त्यो जन्म घरमा त लान्छाना सहेकी म
कर्म घरको के आशा गर्नु
अव त कसैको श्रीमति र कसैकी बुहारी थिए
जिम्मेबारी थपिए
मेरो सपनामा
पुर्ण बिराम लागी सकेको थिए
तर
श्रीमानले पढेको देख्दा डाहा लाग्थ्यो
आखिर किन रु
म छोरी भएरै मेरो सपना देख्ने अधिकार छैन रु
सपना साकार पार्ने अधिकार छैन रु
यस्ता कैयौ प्रश्न उठ्थे
तर
मन मनै आफुलाई जवाफ दिन्थे
तँ छोरी होस
अव कसैकी श्रीमति होस
कसैकी बुहारी पनि
तर पनि मन नमान्दो रहेछ
बिहे गरेको बर्ष दिनमै गर्भ बसेछ
म मा पनि आमा बन्ने चाहाना जागेर आयो
तर म भित्रको सपना मरेको थिएन
सवै काम सकेर श्रीमान सुतिसकेपछि पढ्थे
लुकेर परिक्षा पनि दिए
आईओएम टप गरेछु
यो कुरा थाहा भएपछि
घरमा बाद बिवाद भए
श्रीमान टेढिन थाले
सासु ससुरा कराउन थाले
कस्तो समाज हगि
“लोग्नेले प्रगति गर्दा स्वास्नी रम्नु पर्छ
तर
स्वास्नीको प्रगतिले पुरुष किन क्रोधित बन्छन रु”
आखिर किन रु
पेटमा भाको गर्भको ख्याल नगरी
मलाई घरबाट निकालियो
म फर्केर माईत पनि त जान सक्तिन
बच्चा बेला त हेपिएर तिरस्कृत भएकी म
अव कुन मुखले त्यहाँ जाउ
मलाई र मेरो बच्चा पाल्छन् भन्ने
के आशा गरु…
जिवन संघर्षमय थियो
आफुलाई मारेर भए पनि
पाल्छु भन्ने जोश आयो
सस्तो डेरा खोजेर बसे
बेलामा भाडा नतिर्दा
घरबेटी रिसाउथे
कराउथे
जागिरको तलवले
भाडा तिर्दै ठिक्क थियो
दुखै दुखमा छोरो जन्मियो
ओहो !
त्यस्तो बेला
घरबाट निकालीएर फ्यालिएकी म
आज छोरो जन्मेको थाहा पाए पछि त
जन्ती नै लिएर आएछन
आमाको मन न हो
उसको परिवारबाट कसरी अलग गराउन सकुँ..
त्यसपछि म पढ्न काठमाण्डौं बसे
छोरो उसको बाबुसंग
पाँचबर्षको पढाई सकेर
डाक्टर बनी घर पुग्दा
छोरो पनि छ बर्ष लागी सकेको थियो
अव उसको पनि स्कुल जाने बेला भएछ
समाज परिवर्तन गर्न थियो
त्यसैले छोरालाई सानैबाट
छोरा छोरी समान छन् भन्ने सिकाए
आफुले चाहे परिवर्तन सवैमा हुँदो रहेछ
पहिले मलाई कराउने श्रीमान, सासु ससुरा
अव यहि सहि मान्छन्
उता माईतमा भाईले
बा आमा घरबाट निकाली दिएछ
हिड्दै जाँदा
एउटा पाटीमा बा आमा देखे
मन झस्कियो
बिगत सम्झिए
तर
आफैलाई जति तिरस्कार गरे पनि
मेरा बाआमा हुन
म उहाँहरुको सन्तान हु
मेरो पनि सन्तान छ
भोलि उसले यस्तो नगरोस
त्यसैले
मेरा बा आमा मैले मै संग लगेर पाले
हिजो छोरा छोरा गर्ने बा आमामा
बल्ल चेत पसेछ
सवै सम्पत्ति रहेछ
नपाउन्जेल बाउ आमा प्यारो
पाए पछि मारयो खोलातिर फाल्यो
भाई तिमी पनि बाउ बन्छौ
आशा गर्छु
तिम्रा छोराले तिमलाई यसरी नफालुन
हिजो सायद म पनि छोरा भएको भए भन्ने म
आज
गर्व गर्छु म छोरा हैन
छोरी भएकोमा
आखिर छोरा र छोरीमा भिन्नता के छ रु
अतः छोरो हुदैमा टाउकोमा नचडाउँ
र छोरी हुदैमा बा आमा हुदैकी टुहुरी नवनाऔं……..
छोरा छोरी समान छन्
फरक त केवल हाम्रो सोच हो
सोच परिवर्तन गरौ ।
शरिष्मा काफ्ले दोलखा ।