सुजन काफ्ले दोलखा।बिश्वमा नै कोरोना महामारी भइरहेको छ । यतिबेला । देश पुरै लक डाउनमा छ ।सबैजना सुरक्षित रहन आफ्नो आफ्नो घरमा बसिरहेका बेला तामाकोसी गाउँपालिका वडा नम्बर ३ जफेका भक्त बहादुर कार्की भने मोबाइलको घण्टी बज्ने बित्तिकै झसङ्ग हुन्छन। कताबाट एम्बुलेन्सका लागि फोन आयो अब कता जानू पर्ने हो भनेर । तर उनलाई साझ बिहान राती जुन समयमा फोन आउँदा पनि कुनै दु:ख लाग्दैन।
उनी कुनै दिनमा २ पटक सम्म बिरामी लिएर राजधानी पुगेर फर्किन्छ्न। उनको एउटै भनाइ छ सेवा नै धर्म हो । उनी भन्छन म एम्बुलेन्स चालक मात्र होइन गाउँपालिका स्थानीय पनि हु । नेपाल प्रहरीमा हुँदा पनि जनता कै सेवामा लागेको र अब पनि जनताको सेवामा रातदिन नभनि लाग्ने चालक कार्किले बताए । मैले जुनसुकै समयमा पनि बिरामी लिएर अस्पताल जानुपरे पनि मलाइ कुनै गुनासो छैन। उनी बताउँछन् । बिरामी लिएर राजधानी हिडेका एम्बुलेन्स चालक लाई हामिले बाटोमा भेटेर उनिसग कुरा गर्दा कार्की भन्छन ” न खाने नै टुङ्गो छ न बस्ने कै टुङ्गो , लकडाउनले गर्दा बाटोमा पानी सम्म किनेर खान पाइदैन ।
उनि गुनासो गर्छन कति दिन त घरबाट खाना बोकेर खानुपर्यो। जे जस्तो अवस्था भएपनी बिरामीको सेवामा भने कुनै कमि हुन नदिएको चालक कार्किले बताए। आफुले अहिले सम्म तलब भन्दा बाहेक कुनै सुबिधा नपाएको उनले बताए।
यता स्थानिय सरोकारवाला भने एम्बुलेन्स चालकलाइ गाउँपालिकाबाट नै तलब भत्ता खुवाउनु पर्ने बताउछन। कोरोनाको माहामारिमा चालकको सेवा सुबिधामा बिशेष ध्यान दिनु पर्ने उनिहरुको भनाइ रहेको छ।