सुजन काफले।
दोलखा। जिल्लाको तामाकोशी गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७७/०७८ को निति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रका सबै संयन्त्रको सकृय परिचालन र दिगो सडक निर्माण लगायतका योजनालाई विशेष प्राथमिकतामा समाबेश गरेको छ।
गाउँपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेलको अध्यक्षतामा भएको गाउँ सभाले कोरोना माहामारिसग जुध्न स्वास्थ्य क्षेत्रका सबै संयन्त्रको सकृय परिचालन,सुदृढीकरणका र सबलीकरण बिशेष जोड दिने योजना अघि सारेको छ।
गाउँपलिकाले आगामी आर्थिक बर्षमा स्थानिय स्तरमा रोजगारिको अबसरमा वृद्धि गर्ने,गुणस्तरीय उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, कृषि क्षेत्रको आधुनिकिकरण, ब्यवसायिकरण र बिबिधिकरण,शिक्षा ,स्वास्थ्य ,खानेपानी र सरसफाइमा उचित लगानी र प्रबर्द्धन ,दिगो सडक निर्माण र गुणस्तरीय स्तरोन्नति , पर्यटन बन तथा बाताबरण र पुर्वाधारको बिकाश , सार्बाजानिक प्रशासनको सबलिकरण र सेवा प्रबाहमा सुचना प्रबिधिको प्रयोग र संस्थागत बिकाश र नियमनलाई प्राथमिकतामा राखेको छ।
आगामी आर्थिक बर्षका लागि ६२ करोड ६८ लाख ५३ हजारको को बजेट बुधबार गाउँ सभामा उपप्रमुख उर्मिला खड्काले सार्बजनिक गरेकि थिइन।
चालू तर्फ २८ करोड र पुजीगत तर्फ ३४ करोड ४८ लाख ५३ हजार बजेट बिनियोजन गरिएको थियो।
जसअनुसार समपुरक कोषमा ३ करोड ५० लाख, कृषि सिचाइ तथा पशु बिकासमा ५ करोड ५० लाख, स्वास्थ्य सरसफाइ तथा खानेपानीमा ३ करोड ६० लाख ५३ हजार बिनियोजन गरिएको थियो।
त्यसैगरी सडक यातायात तथा पुर्बाधार बिकाशमा ५ करोड ७५ लाख, युबा तथा खेलकुद बिकासमा १ करोड ७५ लाख, कला साहित्य सस्कृती र पर्यटनमा ३० लाख सामाजिक सेवा तथा समाबेशी प्रबर्द्धनमा २ करोड ४५ लाख, सुचना प्रबिधि तथा सन्चारमा ८५ लाख, बन बाताबरण तथा भु संरक्षणमा ७० लाख,उर्जामा ३५ लाख,आर्थिक तथा सामाजिक बिकाशमा २० लाख,राजस्व सङ्कलन तथा परिचालनमा ५ लाख, जोखिम तथा प्रकोप ब्यवस्थापनमा ५० लाख,उद्योग तथा बाणिज्यमा १५ लाख,सकारी तथा संघसस्थामा ४० लाख बजेट सार्बजानिक गरिएको थियो।
त्यसैगरी कानुन तथा न्याय सम्पादनमा ३० लाख, आर्थिक सहायता कोषमा ५ लाख , सुशासन , सार्बजानिक सेवा प्रबाहमा १० लाख, कर्मचारी कल्याण कोषमा १० लाख, वडा कार्यालयहरुको पुर्बाधार ब्यवस्थापन कोषमा ३५ लाख, बजेट बिनियोजन गरिएको थियो।