सुजन काफ्ले दोलखा ।दोलखामा ५९ हजार घर पुनर्निमाण सम्पन्न भएको छ । भुकम्प गएको पाँच बर्ष दुइ महिना पुरा हुँदा जिल्लामा ५९ हजार घर पुनर्निमाण सम्पन्न भएको हो । पुननिर्माण सकिएका मध्ये ५९ हजार चार सय ४४ परिवारले अन्तिम किस्ता बापतको रकम प्राप्त गरिसकेको राष्ट्रिय पननिर्माण प्राधिकरण दोलखाका निमित्त प्रमुख अश्विन पोखरेलले जानकारी दिए । निर्माण सुरु गरेका ६३ हजार एक सय ७२ परिवारले दोस्रो किस्ताबापतको रकम पाइसकेका छन । ७३ हजार तिन सय ४२ परिवार लाभग्राहिको सुचिमा रहेका छन । त्यसमध्ये अनुदान सम्झौता गरेर पहिलो किस्ता लगिसक्ने परिवारको सङ्ख्या ६८ हजार छ सय ९७ रहेको कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार जिल्लाको बैत्यश्वर र बिगु गाँउपालिकामा केहि घरहरु दाताको सहयोगमा पुननिर्माणको काम सकिएको छ । कार्यालयका निमित्त प्रमुख पोखरेलले लक डाउनका कारण सुरुमा रफ्तारमा काम अगाडि बढाउन नसकिए पनि अहिले काम लाइ निरन्तर अगाडि बढाइरहेको बताए । राज्यले तोकेकै समयमा दोलखाको पुननिर्माण सक्ने योजना रहेको उनले बताए । पुननिर्माण सम्पन्न गर्ने ३० हजार परिवारले सम्पन्न प्रमाणपत्र समेत पाइसकेको कार्यालयले जनाएको छ ।