सुजन काफ्ले
दोलखा।नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति घोषणा भएसँगै नेपाली काङ्ग्रेसका नेताहरुको चुनावी माहोल बढदै गएको छ। चुनाव लड्ने मनसाय बोकेका नेताहरु कार्यकर्ता भेटघाट र सदरमुकाम केन्द्रित हुन थालेका छन। जिल्लाका मुख्य बजारहरुमा नेताहरु चहलपहल बढ्न थालेको छ। नेताहरुले आफु कुन पदमा उम्मेदवारी हुने भनेर तयारी गरिरहे पनि कतिपय नेताहरू भने सार्बजनिक समेत गरिसकेका छन। सुनौलो अन्लाईन सगको कुराकानीमा नेपाल विद्यार्थी संघका पुर्ब महामन्त्री कुन्दनराज काफ्लेले १४ औं महाधिवेशन लागि आफ्नो उम्मेद्वारी केन्द्रीय सदस्यमा रहने दाबी गरेका छन् ।काफ्लेले अब भातृसंगठनबाट केन्द्रीय राजनीति गर्ने निधो गरेका हुन् । पुर्ब महामन्त्री काफ्लेले भनेका छन,कुन पदमा उठ्ने भन्नेबारे छलफल हुन्छ । यो घर जग्गा किने जस्तो सजिलो छैन । तर पनि मेरो उम्मेद्वारी केन्द्रीय सदस्यमा रहनेछ उनले भने ।
दोलखा स्थायी घर भएका काफ्ले कृष्ण प्रसाद सिटौला पक्षका विद्यार्थी नेता हुन् । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला पक्षले नेतृत्व परिवर्तन गर्नु पर्ने माग गर्दै आएका छन् ।