सुजन काफले, दोलखाको गौरिशंकर गाँउपालिका ४ का वडा अध्यक्ष प्रलाद कार्किले घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन ।
वृद्धवृद्धा, अपाङ्गता भएकाहरु बैङकमा जान नसक्ने र बैंकसम्म पुगे पनि भीडभाड हुने भएकाले घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडा अध्यक्ष कार्किले बताए ।
आर्थिक वर्ष २०७६ /७७ अन्तर्गतको अन्तिम चौमासिकको सामाजिक सुरक्षा भत्ता घरमै गएर वितरण गरिएको कार्किले बताए। ‘सिंहदरबार गाउँमा छ रे भनेको सुनेको मात्र थिए तर अहिले देख्न नि पाइयो वडा अध्यक्ष कार्कि भत्ता लिएर आफ्नै घर आइपुगेपछि स्थानीय मान बहादुर बुढाथोकि बल्ल आफूले स्थानीय सरकारको अनुभूति गर्ने अवसर मिलेको बताए ।
बुढाथोकिले खुसी हुँदै वडा अध्यक्ष कार्किलाई धन्यवाद दिँदै यस्ता सामाजिक कामलाई निरन्तर दिन सुझाव दिए ।
‘सिंहदरबार गाउँमा छ रे भनेको सुनेको मात्र थिए तर अहिले देख्न नि पाइयो । खुसि हँुदै एक स्थानियले भने । घरघरमै सामाजिक सुरक्षा भत्ता पाउँदा स्थानियहरुले हर्षित भएका छन।
गएको स्थानीय निकायको चुनावमा भारी मत ल्याएर विजयी भएका कार्कि जिल्लाको युवा वडाअध्यक्ष हुन् । निर्वाचित भएसँगै विभिन्न लोकप्रिय काम गर्दै आएका उनी जिल्लामा नै चर्चित वडाअध्यक्षका रूपमा चिनिन्छन् ।