दोलखाको भिमश्वर नगरपालिका वडा नम्बर ७ सिंगराम कि क्यान्सर पीडित महिलालाई विभिन्न ब्यक्तिहरुले ५० हजार सहयोग गरेका छन ।
जिल्लाको विभिन्न क्षेत्रमा बसोबास गर्ने युवाहरुको पहलमा क्यान्सर पिडित धन कुमारी मगरलाई सो रकम सहयोग गरेका हुन।
एभिन्युज टेलिभिजनमा दोलखाबाट सुजन काफ्लेले आर्थिक अभाव कै कारण क्यान्सर पिडितको उपचार हुन सकेन भन्ने समाचार बजाएपछि आर्थिक सहयोग धमाधम जुट्न थालेको हो।
नेपाली कांग्रेसका युवा नेताहरु च्याङा शेर्पा, डम्बरबहादुर तमाङ, कर्मा शेर्पा लगायतका ब्यक्तिहरुको टोलिले नगद ५० हजार सहयोग गरेका हुन।
नेपाली काङ्ग्रेसका नगर सचीव तथा स्थानीय शङ्कर कार्किले आर्थिक अभावले उपचार पाउन सकिनन भनेर सामजिक सन्जालमा सहयोगका लागि अपिल गरेका थिए। अहिले बिभिन्न ब्यक्ति तथा संघसंस्थाले सहयोगका लागि चासो देखाइ रहेका छन। केही ब्यक्तिहरुले सहयोग समेत गरिसकेका छन ।