दोलखा । जिल्लाको तामाकोसी गाउँपालिका वडा नम्बर १ भिरकोटमा रहेको भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्था २५ औ बर्षमा प्रबेश गरेको छ।
२०५२ साल कार्तिक १५ गते स्थापना गरिएको सहकारी आजबाट २५ औं बर्षमा प्रबेश गरेको हो।
मुख्य कार्यालय भिरकोटमा एक कार्यक्रमको आयोजना गरि सहकारीले आफ्नो स्थापना दिबस मनाएको छ।
२०५२ सालमा गाउँ पालिकाको वडा नम्बर १ भिरकोटमा स्थापना गरिएको सहकारिले अहिले भिमेश्वर नगरपालिका , बैत्यश्वर , मेलुङ र शैलुङ गाउपालिकामा समेत कार्य क्षेत्र बिस्तार गरिसकेको छ। मुख्य कार्यालय भिरकोटमा रहेको सहकारिको मालु र मेलुङमा सम्पर्क कार्यलय सन्चालन गरि सेवा प्रदान गरिरहेको छ। सहकारिको शेयर सदस्य ८ हजार ७ सय ४० रहेको छ भने सहकारिको पुजी करिब ३७ करोड पुगेको छ।
सहकारिका अध्यक्ष श्यामकाजी कटुवालको अध्यक्षता भएको कार्यक्रममा सहकारिका संचालक समिती, कर्मचारी र स्थानीय बुद्धिजीवीहरुको उपस्तिथि रहेको थियो।