सुजन काफ्ले दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकाका वडा अध्यक्ष काफ्लेले प्लाज्मा दान गरेका छन।
गाउँपालिकाको वडा नम्बर १ भिरकोटका वडा अध्यक्ष महेश काफ्लेले शुक्रबार टिचिङ्ग हस्पिटलकाे व्लड बैंकमा पुगेर चितवनका राम भक्त श्रेष्ठलाई प्लाज्मा दान गरेका हुन।
बिहीवार दिउँसो देखि एक व्यक्तिले मलाइ सहयोग गर्नुस मेराे बुबा काेभिड संक्रमणका कारण धेरै बिरामी हुनुहुन्छ डाक्टरले प्लाज्मा दिनु पर्छ भनेकाे छ ” भनेर पटकपटक फाेन गर्दा अध्यक्ष काफ्लेले अाफु काठमाडौं बाहिर दाेलखा रहेकाे र व्यस्त रहेकाे कारण काठमाडौं अाउन असमर्थ रहेकाे जानकारी गराएका थिए।
फेरि बेलुका पनि त्यहीँ नम्बर बाट फाेन अायाे त्यो बेला महिलाकाे अावाज थियाे, उहाँ विरामीकाे श्रीमती हुनुहुन्थ्यो र अात्तिएकाे स्वरमा भन्नुभाे बाबू जसरी नि अाइदिनु तपाईंको कारण मेराे श्रीमान काे ज्यान बच्न सक्छ बरु कति खर्च लाग्छ गाडी रिजर्भ गरेरै अाउनु भनेर आग्रह गरेपछि शनिबार बिहानै मोटरसाइकलमा दोलखाबाट काठमाडौ पुगेर प्लाज्मा दान गरेको वडा अध्यक्ष काफ्लेले सामाजिक संजाल मार्फत जनाएका छन।
उनले सामाजिक सन्जालमा पोस्ट गरेको स्ट्याटस जस्ताको तस्तै : https://play.google.com/store/apps/details?id=com.nepal.plasma
हिजाे दिउँसो तिर एक व्यक्ति ले हतासमा फाेन गर्दै भने कृपया मलाइ हेल्प गर्नुस मेराे बुबा काेभिड संक्रमणका कारण धेरै बिरामी हुनुहुन्छ डाक्टरले प्लाज्मा दिनु पर्छ भनेकाे छ ” मैले उहाँ लाई अाफु काठमाडौं बाहिर दाेलखा रहेकाे र व्यस्त रहेकाे कारण काठमाडौं अाउन असमर्थ रहेकाे जानकारी गराए फेरि बेलुका त्यहीँ नं बाट फाेन अायाे याे बेला महिलाकाे अावाज थियाे उहाँ विरामीकाे श्रीमती हुनुहुन्थ्यो र अात्तिएकाे स्वरमा भन्नुभाे बाबू जसरी नि अाइदिनु तपाईंको कारण मेराे श्रीमान काे ज्यान वचन सक्छ बरु कति खर्च लाग्छ गाडी रिजर्भ गरेरै अाउनु , मैले भने अामा मलाइ कुनै खर्च चाहिन्न म माेटरसाइकलमै भाेलि बिहान हिड्छु दिउसाे अाइपुग्छु नअातिनुस , अाज बिहान देखिनै तेहि नं बाट फाेन बज्न थाल्याे म बिहानै माे. सा मा काठमाडौ हिडे बाटो भरि हरेक घण्टा मा कहाँ अाइपुग्नु भाे भनेर बिरामी का छाेराले फाेन गरिरहेका थिय म, म काठमाडौ टिचिङ्ग हस्पिटल पुगे त्यहा पुग्न साथ प्लाज्मा दिने तयारीमा लाग्दै गर्दा अर्को फाेन अायाे तपाईं काेराेना लागेर ठिक भयकाे हाे ? ठिक भयकाे २ हप्ता कटेकाे हाे? तपाईं काे ब्लड ग्रुप AB+ ve ho ? यी सबै प्रश्नको उतर मैले” हाे” मा दिए , अनि उनले अातिएरै भने सर मेराे बुबा धेरै गार्हाे अबस्थामा हुनुहुन्छ प्लिज बुबाकाे लागि प्लाज्मा दिनुन त्यति नै बेला मैले त्यहाँ रहेका स्वास्थ्यकर्मी लाई साेधे एक व्यक्तिले यकपटकमा कति जनालाई प्लाज्मा दिन मिल्छ भनेर उनले एकपटकमा एक व्यक्ति बाट ६०० मि लि प्लाज्मा निकाल्न मिल्छ र एउटा विरामीलाइ २००मि लि मात्रै दिने हाे त्यसै ३ जना लाई दिन मिल्छ भने पछि मैले तत्कालै भने टिचिङ्ग हस्पिटलकाे व्लड बैंक अाउनु , उनी केही मिनेटमै उनि अाइपुगे । मेराे प्लाज्मा निकाल्न सुरु गरियाे तर २०० मि लि भन्दा केही वढी निकाले पछि हात सुन्नियाे स्वास्थ्यकर्मी ले अर्को हात बाट निकाल्न काेसिस गरे फेरि पनि हात सुन्नियाे त्यसपछि प्रक्रिया राेकियाे , मलाइ खल्लो लाग्याे एक व्यक्तिको लागि प्लाज्मा दान गर्न सके पनि बाहिर ठुलाे अासा सहित कुरिरहेका अर्को व्यक्तिको बुवाका लागि प्लज्मा दिन सकियन , खल्लो मन लिदै बाहिर निस्के कुरिरहेका व्यक्ति लाई भित्रकाे सबै व्यहाेरा बताउदै सरि; भन्दै उनकाे बुबाकाे स्वास्थ्य लाभकाे कामना गर्दै बाहिर निस्किए , पहिला नै मलाइ सम्पर्क गरि प्लाज्माकाे लागि अनुराेध गर्ने मित्र पनि म संगै बाहिर सम्म निस्कियर साेधे सर हजुरलाइ के गराै सर , बाटाे खर्च सर प्लिज सर भन्दै पैसा दिन खाेजिरहेका थिय तर मैले इन्कार गर्दै मलाइ केही चाहिदैन तपाईंकाे बुबालाई छिटै सन्चाे हाेस भगवान संग मेराे प्राथाना छ, बुबा ठिक भएपछि मेराे बारे सुनाइदिनु हाेला भन्दै म बाहिरिए , मनमा जिवनमा केही राम्रो काम गरेझै भान भएकाे थियाे ।
पहिलाे ब्यक्ति थिय चितवनका राम भक्त श्रेष्ठ (जस्लाइ मैले प्लाज्मा दिय)अनि दाेस्राे कपनका तेज गुरुङ (जस्लाइ मैले चाहेर पनि प्लाज्मा दिन सकिन ) उहाँ हरु दुबैकाे सिघ्र स्वास्थ्य लाभकाे लागि भगवान संग प्राथाना गर्दछु ।
नेपाली कांग्रेस का केन्द्रीय सदस्य अादरणिय दाइ प्रदिप पाैडेल प्रति अाभार व्यक्त गर्दछु , उहाँको पवित्र अभियानका कारण जीवन मा थाेरै भयनि पवित्र काम गर्न पायकाे अनुभूति भयकाे छ , प्रदिप दाइले थालेकाे प्लाज्मा दान अभियान अन्तर्गत प्लाज्मा एपमा मार्फत याे पुण्य कमाउने अवसर मिलेकाे हाे ,सम्पूर्ण लाई याे प्लाज्मा एप डाउनलाेड गरि प्लाज्मा दान गर्नुहुन अनुराेध गर्दछु ।https://play.google.com/store/apps/details?id=com.nepal.plasma