सुजन काफ्ले
दोलखा । तिहारको बिदामा गएका एक दर्जन भन्दा बढी कर्मचारी अझै कार्यालय फर्केका छैनन।
शुक्रवार दिउसो १० बजे तिर जिल्लाको तामाकोसी गाउँपालिकाको कार्यालय जफे पुग्दा कार्यालयका अधिकांश शाखाहरुका ढोका बन्द देखिए। शाखामा राखिएका नेम प्लेटहरु पशु बिकास बाहेक सम्पुर्णमा बाहिर देखियो। यसरी कार्यालय सुन्सान देखिएपछी सो सम्बन्धमा कार्यालयका प्रशासन सम्हाल्दै रहेका जिन्सी शाखा राम कुमार कार्की सग बुझ्दा कार्यालय प्रमुख लगायत कतिपय शाखा प्रमुख कार्यालयको कामको शिलशिलामा काजमा रहेको र बाकी कर्मचारी हरु बिदामा रहेको जनाए।
यसरी पशु बिकास शाखा ,जिन्सी शाखा र प्राबिधिक शाखाका केही कर्मचारी बाहेक बाकी कर्मचारी हरु कार्यालय संचालन भएको ३ दिन दिन बित्दा समेत कर्मचारी उपस्थित नहुनु गाउँपालिकाले गम्भीर लापरबाही गरेको देखिन्छ। यसरी एकै साथ प्रशाशकिय अधिकृत निमेष मिश्र सहित लेखा सम्योजक सजना चालिसे सहित लेखा शाखाका सम्पुर्ण कर्मचारी , शिक्षा शाखा सम्योजक मेनुका बास्कोटा सहित सम्पुर्ण कर्मचारी , आइटि शाखा प्रमुख पवन राज फुयाल ,प्राबिधिक शाखा प्रमुख इन्जिनियर राज किशोर यादब, कृषि बिकाश शाखा प्रमुख बिदुर तिमल्सिना र स्वास्थ्य शाखाका केही कर्मचारी गरि एक दर्जन भन्दा बढी कर्मचारी हरु अझै कार्यालय फर्केका छैनन। कार्यालय खुलेको ३ दिन सम्म कर्मचारी नआएका कारण गाउँपलिकाबाट प्रवाह हुने सेवा नपाउदा स्थानिय सेवाग्राहि हरु मारमा परेका छन।
गाउँपालिकाका ४ वटा वडाहरुका वडा सचिब पनि अझै फर्केनन।
गाउँपालिकाको वडा नम्बर २ झुलेका वडा सचिब बिधान आचार्य ,वडा नम्बर ३ जफेकि वडा सचिब मन्जु आचार्य ,वडा नम्बर ५ शहरे कि सचीव रितु श्रेष्ठ र वडा नम्बर ६ कि तेजमाया सुबेदि गरि ४ जना वडा सचीव अझै कार्यालय फर्केका छैनन।
यस बिसयमा प्रशाशकिय अधिकृत निमेष मिश्र सग जिज्ञासा राख्दा आफू सहित कर्मचारी हरु बिदामा रहेको बताए। कार्यालय खुलेको ३ दिन एक दर्जन कर्मचारीलाई बिदा दिनु र आफू पनि उपस्थित नहुनुले अधिकृत मिश्रको गम्भीर लापरबाही रहेको देखिन्छ।