दोलखा । १५ सैया को अस्पताल भोर्लेमा बनाउन नेपाली काङ्ग्रेस गौरीशंकर गाउँपालिकाले माग गरेको छ। आइतबार एक प्रेस बिज्ञप्ति जारी गर्दै काङ्ग्रेसले पालिकाबासी लाई पायक पर्ने भोर्लेमा अस्पताल बनाउदा धेरै नागरिकले सेवा पाउने भन्दै इबिथान सुरिमा बनाउने गौरीशंकर गाउँपालिकाको निर्णय पुनर्विचार गर्न काङ्ग्रेसले माग गरेको हो।
इबिथान सुरिमा अस्पताल बनाउने निर्णयले गाउँपालिकाबासीको सेवा लागि भन्दा सिमित एउटा गाउँलाई मात्र केन्द्रित गरेको नेपाली काङ्ग्रेसका युबा नेता बिमल आचार्यले बताए।
आफ्नो मागलाई बेवास्ता गरिए कडा आन्दोलनमा उत्रने आचार्यले चेतावनी दिए।
हेर्नुस नेपाली काङ्ग्रेस गौरीशंकर गाउपालिकाका पार्टी सभापति श्यामसुन्दर तामाङले हस्ताक्षर गरेको प्रेस बिज्ञप्ति