दाेलखाकाे बिगु गापा वडा नम्बर ५ चिलंखा लाइसेप भन्ने स्थानमा बाेलेराे गाडि दुर्घटना हुँदा चालककाे मृत्यु भयकाे छ । दाेलखा गाैरीशंकर ८ खारे घर भयका २४ बर्षिय सुबिन तमाङकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यलय दाेलखाले बताएकाे छ । दुर्घटना बिगु गापा ५ स्थित बिगु सिङटि सडक खण्डमा सिङटितर्फ अाउँदै गरेकाे बा २० च ४३७३ नम्बरकाे बाेलेराे १५० मिटर तल खस्दा सबारिचालक तमाङकाे मृत्यु भयकाे हाे । बाेलेराेमा सवार कमला तमाङ पनि गम्भीर घाइते भयकाे दुर्घटनामा खटिएका प्रहरी हबल्दार दिपक बस्नेतले जानकारी दिए । घाइतेकाे उपचारका लागि सदरमुकामकाे अस्पतालमा पठाइएकाे छ ।