दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकाले
समयमा नै निर्माण सम्पन्न गर्ने निर्माण ब्यवसायी सुन्दर कार्कीलाइ सम्मानित भएका छन।
गाउँपालिकाले शुक्रबार आयोजित एक कार्यक्रमका बिच वडा कार्यालय र स्वास्थ्य चौकी निर्माण समयमा नै सम्पन्न गरेकोमा निर्माण कम्पनी सिर्जन निर्माण सेवाका संचालक सुन्दर कार्किलाई सम्मानित भएका हुन।
गाउँपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेलले प्रशंसा-पत्र सहित खादा माला ओढाएर ब्यवसायी कार्कीलाई सम्मानित गरेका हुन।
गाउँपालिकामा बिकासका योजनाहरु निर्माण ब्यवसायीले टेन्डर पार्ने अनि समयमा नै काम सप्पन्न नगरी अलपत्र छाड्ने ब्यवसायिलाइ चुनौती दिदै सिर्जन निर्माण सेवाले समयमा नै काम सम्पन्न गरेर उदारणिय कार्य गरेकोले निर्माण कम्पनीलाई सम्मानित गरेको गाउँपालिकाले जनाएको छ।
सदरमुकाम चरिकोटमा हार्डवयर ब्यवसाय, पाइप उद्योग ,लगायत विभिन्न ब्यवसायमा आबद्ध रहेका सिर्जन निर्माण सेवाका सन्चालक सुन्दर कार्की दोलखाका सफल ब्यवसायी हुन। उद्योग बाणिज्य संघ दोलखा पुर्ब अध्यक्ष समेत रहेका सफल ब्यवसायी कार्की निर्माण ब्यवसाय समेत उत्कृष्ट ब्यवसायीका रुपमा परिचित रहेका छन।
सिर्जन निर्माण सेवाले गाउँपालिकाको वडा नम्बर ५ शहरेमा वडा कार्यालय र स्वास्थ्य चौकि समयमा नै सम्पन्न गरेको थियो।