सुजन काफ्ले,
दोलखा ।जिल्लाको बैत्यश्वर गाउँपालिकाकि एक महिलाले तामाकोशी नदिमा हाम फाल्दा मृत्युु भएको छ ।
गाउँपालिकाको वडा नम्बर ७ घर भएकी ४६ बर्शिय कल्याणि ढुङ्गेलले तामाकोसी नदिमा हाम फाल्दा उनको मृत्यु भएको हो।
महिलाले हाम फालेको खबर पाउन साथ गएको प्रहरी टोलिले गाउँपालिकाको वडा नम्बर ६ तामाकोशी नदिको बिचम ढुङ्गाको चेपमा लास फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अन्जन कोइरालाले जानकारी दिए।
महिलाको शब पोस्टमार्टम लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट ल्याइएको प्रहरीले जनाएको छ।