हेटौंडा ।भन्सार छली ल्याइएको ठूलो परिणाममा युरिया मल सहित ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको छ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी
कार्यालय पशुपतिनगर बाट खटी गएको प्रहरी निरीक्षक देवराज काफ्लेको कमान्डमा गएको टोलिले मङ्गलबार बेलुका ७:३० बजे रौतहटबाट काठमाडौ जाँदै गरेको ना ६ ख ४९२७ नम्बर ट्रक रोकि चेक जाँच गर्ने क्रममा महालक्ष्मी गल्ला भण्डार ( प्यान नम्बर ६०१०६०१०१३०१०६) ले २ सय ८२ बोरा अर्थात ११ हजार केजि मकैको झुटो अन्लाईन राजस्व तिरेको बिल समेत बनाइ लैजादै गर्दा युरिया मल , खाद्यान्न सामाग्री सहित ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको हो।
चेक जाचको क्रममा ट्रक भित्र प्लास्टिकका सेतो बोराहरु रहेको र बोराहरु चेक गर्दा भन्सार छली ल्याएका युरिया मल १ सय ९८ बोरा ,ढुटो २ सय ८२ बोरा, मकै ३४ बोरा, गहु १६ बोरा गरि ५३० बोरा सामान लुकाइ छिपाइ गरेको अबस्थामा बरामद गरेको प्रहरीले जनाएको छ।
उक्त युरिया मलको बोरालाइ बाहिर बाट अर्को प्लास्टिकको सेतो बारोहरुमा राखी लुकाइछिपाइ लादै गरेको अबस्थामा प्रहरीले बरामद गरेको र साथै उक्त ट्रकमा रहेको सामान सहित ट्रक र चालकलाइ थप अनुसन्धान तथा कारबाहिको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा जिम्मा लागाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्र.ना.उ. इन्द्र बहादुर राणाले बताए।