कम्युनिष्ट सरकारले झण्डै दुईतिहाई जनमतको दुरुपयोग र अपहेलना गरेर अाफैं चढेको हांगामा बञ्न्चरो प्रहार गरयो।यो स्वयंका लागि अात्माघात,देश र जनताका लागि राष्ट्रघात,र संविधानमाथि बलात्कार हो।अहिले मुलुक गम्भिररुपमा घाईते वनेको छ। उत्तर र दक्षिणतिरबाट गिद्धका बथानहरु नेपाली राजनैतिक अाकाशमा नाच्न थालेका छन्।
परनिर्भर अार्थिक अवस्था,महामारीले ग्रस्त,मुलुकमा राजनैतिक कलझगडा,सामाजिक द्वन्दको सृजनाले एउटा भयंकर परिदृश्य सामुन्ने खडा भैरहेको छ।कहाली लाग्दो दुर्घटनाको डिलमा पुगेको मुलुकलाई लिकमा ल्याउने जिम्मेवारी अब कांग्रेसको हो ।यसको निर्विकल्प उपाय निर्वाचन मात्र हो।
हुनत निर्वाचन गराउने हेतुले यो मुर्ख्याइँ गरिएको होईन।लोकतन्त्रमाथि पुर्ण भरोसा गर्ने सबै शक्तिलाई विश्वासमा लिएर निर्वाचनको वातावरण निर्माण गरि यो सरकारलाई चुनाव गराउन बाध्य बनाउने काम पनि कांग्रेसले नै गर्नु पर्छ। कांग्रेसले वेलैमा नसोच्ने हो भने विघटित मुलुकको रुन्चे मलामी हुनु सिवाय अरु केही हुनेवाला छैन।
हत्या भैसकेको संसद पुन स्थापना गर्नु भनेको मशान जगाउंनु हो ।लिक अाउट भैसकेको रेल जति मर्मत गरेपनि गुड्नेवाला छैन।अदालतले पनि सडक र हुलदुङ्गाको भरमा फैसला गर्न सक्छ।उस्ले मुलुकको दीर्घकालीन हितको सापेक्षतामा फैसला गर्नु पर्छ।अब कांग्रेसले निर्वाचनको पक्षमा फैसला गर्न अदालतलाई सहज वातावरण सृजना गर्नु पर्छ। छिटो फैसला गर्न दवाव दिनु जरुरी छ।
दलिय शासनबाट वाक्क भएका जनताले काग्रेसको पनि अन्तिम परीक्षा दिने अवसर दिनेछन्।अाधारभुत जनताको जीवन जिएका असल मान्छेहरुलाई मैदानमा प्रस्तुत गर्न सके २/३ दशक यो मुलुक कांग्रेसले चलाउने सौभाग्य प्राप्त हुने छ। धन,डन र निकटताको अाधारमा उम्मेद्वार छनौट गर्ने परम्परात्मक सोचले अगाडि गयो भने नरहे बाँस,नवजे बांसुरी हुने छ।मुलुक कङ्गो,युगाण्डा अफ्गानिस्थान वन्ने ,मुलुक बिदेशी सेनाको परेड स्थल हुने निश्चित छ।
मुलुकमाथि घात गर्नेलाई दण्ड पनि निर्वाचनले दिने छ।
सबै प्रयोगहरु भोगिसकेका जनताले सही निर्णय पनि गर्नेछन्।मुलुक पनि ट्रयाकमा अाउने छ। लहै लहैमा लागेर,भावनामा वगेर,निजी स्वार्थमा प्रेरित भएर स्वयंको कारणले ढलेको कम्युनिष्ट सत्ता व्युंताउने अात्माघाती कदम चाल्ने अपराध नगरोस्।
कांग्रेसमा अाशा मरेका,निच मरेका ईर्ष्याले जलेकाहरु संसद पुनस्थापनाको पक्षमा उभिन सक्छन्।कार्यकर्ता पंत्तिले तिनीहरुलाई खवरदारी गर्नु पर्छ।कम्युनिष्ट महामुर्खहरुको कुशासनको भण्डाफोर गर्दै चुनावमा जानू मुलुक,कांग्रेस र लोकतन्त्रको लागि श्रेयकर कदम हुने छ।निर्विकल्प निर्वाचन सबै संकटको निवारण।