भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं बार्षिक साधारण सभा सप्पन्न

सुजन काफ्ले
दोलखा । जिल्लाको तामाकोसी गाउपालिका १ भिरकोट स्थित भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औ बार्षिक साधारण सभा शुक्रबार सप्पन्न भएको छ।संस्थाका अध्यक्ष श्यामकाजी कटुवालको अध्यक्षतामा सम्पन्न सभाको जिल्ला पशु सेवा कार्यालय दोलखाका प्रमुख डा. हरि कुमार रघु श्रेष्ठले उद्घाटन गर्नुभएको हो। सभामा संस्थाका सचिब सिताराम उप्रेतीले सस्थाको प्रगती प्रतिबेदन र कोषाध्यक्ष बलराम कार्किले आर्थिक प्रतिबेदन पेश गरेका थिए। कुल सम्पत्ति ३६ करोड ६५ लाख ६९ हजार ४ सय २४ रुपैया रहेको संस्थामा ६ हजार ३ सय २४ शेयर सदस्य र २ हजार ३ सय ४६ बाल बचत कर्ता  रहेका छन। गतबर्ष  ४९ लाख नाफा गरेको संस्थाले यो बर्ष भने ८१ लाख ६८ हजार ५ सय २ रुपैयाँ नाफा गरेको छ।

Back to top button