तामाकोसी गाउँपालिकाको उत्कृष्ट काम: अपाङ्गता भएकाहरुको निशुल्क स्वास्थ्य परिक्षण र परिचय वितरण

सुजन काफ्ले
दोलखा । जिल्लाको तामाकोशी गाँउपालिकाले अपाङ्गता भएका आफ्ना नागरिकको लागि निशुल्क स्वास्थ्य परिक्षण सहित परिचयपत्र वितरण गरेको छ।
विभिन्न प्रकृतिका अपाङ्गगता भएका नागरिकहरुको लागि आउने जाने सवारी सुविधा सहित निशुल्क स्वास्थ्य परिक्षण, परिचयपत्र वितरण तथा नविकरण गरेको हो।
गाउँपालिकाका २ सय ६० जनाको स्वास्थ्य परिक्षण, १ सय ८६ जनालाई अपाङ्गता कार्ड वितरण , २० जनाको अपांगता कार्ड नवीकरण गरिएको र अपांगता रहेकाहरु रगत परिक्षण समेत गरिएको तामाकोसी गाउँपालिका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारी दिए।

कार्यक्रममा दक्ष तथा अनुभवी डाक्टरहरुबाट निशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण, अपाङ्गता भएका नागरिकलाई सहयोग गर्नुपर्ने आवश्यक सामाग्रीको टिपोट, अपाङ्गता परिचयपत्र वितरण फिजियो थेरापि तथा हाड जोर्नी र नसाको चेक जाँच समेत गरिएको गाउँपालिकाले जनाएको छ
केही दिन अगाडि बाट सुरु गरिएको अपांगता सिबिर बुधबार सप्पन्न भएको थियो।

Back to top button